Saturday, April 27
Shadow

संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछः प्रचण्ड


  • -इ
  • इ+

काठमाडौँ, फागुन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘गुण्डागर्दी’ चलिरहेको आरोप लगाएका छन्।

बाराको सिमरामा भएको कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष दाहालले अहिले मुलुकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘गण्डागर्दी’ चलिरहेको आरोप लगाएका हुन ।सम्बोधनका क्रममा उनले चुनाव हुनेमा आफूहरुलाई रतिभर विश्वास नभएको बताउँदै संसद पुनर्स्थापना नभए तोकिएको समयमा चुनाव नहुने बताए ।

उनले भने, ‘संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछ, यसतर्फ सरकार बेलैमा सचेत हुनुपर्छ ।’ यता दाहाल–नेपाल समूहले अब जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares