Friday, April 26
Shadow

नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने


  • -इ
  • इ+

काठमाडौं, फागुन ८ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र दाहाल-नेपाल समूहमा विभाजित छ । दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन् ।

दाहाल(नेपाल समूह पुस ५ को कदम ‘प्रतिगमन’ भन्दै आन्दोलित छ भने ओली समूह वैशाखमा मध्यावधि चुनाव घोषणा भइसकेकाले चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको छ । यसैबीच नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश- १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।

विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने घिमिरेले बताए ।आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।

सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको घिमिरेले बताए । साना ठूला गरी १० हजार हाराहारी सवारी साधनमा सहभागीहरू विराटनगरमा उत्रने आकलन गरिएको उनले बताए ।

कार्यक्रम व्यवस्थापनको जिम्मा पार्टीको मोरङ जिल्ला कमिटीले गरेको छ । केन्द्रीय सदस्य विनोद ढकालका अनुसार आमसभा अघि विभिन्न ६ स्थानबाट र्‍याली निस्कने छन् ।

विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे र्‍याली निसक्नेछन् । र्‍याली १२ बजेसम्म सभास्थलमा पुग्नेछन् । सवा १२ बजेबाट कार्यक्रम सुरू हुने उनले जनाए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares