Sunday, May 5
Shadow

राजनिती

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दैछ । कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा हिजोको बैठकमा राखेका थिए । सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिवि...
नेकपा विवाद :  निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

नेकपा विवाद : निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत बलियो छ । आयोगले कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिनेलाई पनि विकल्पको रुपमा अघि सारेको छ । नेकपाको नाम र चिन्हमा विवाद देखिएकाले आयोगले दुवैलाई फ्रिज गर्न सक्ने विकल्पबारे पनि छलफल भएको छ । अन्य विकल्पमा जाँदा नेकपाभित्रको एउटा पक्ष जरी पनि आन्दोलित हुने, आयोगले आरोप खेप्नुपर्ने भएपछि दुवै पक्षलाई पार्टीको नाम र चिन्ह प्रयोग गर्न नदिने आयोगको सोच हो...
काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति , कार्यसमितिको म्याद ६ महिना थपियो

काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति , कार्यसमितिको म्याद ६ महिना थपियो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ५ । नेपाली काँग्रेसले १४औ महाधिवेशन आगामी भदौमा गर्ने भएको छ । आज बसेको केन्द्रीय समितीको बैठकमा भदौमा महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । यस अघि तोकिएको फागुन ७ देखि १० सम्मम काठमाडौँमा गर्ने भनिएको महाधिवेशन हुननसकेपछि महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका हुन् । बुधबार अपराहन्न २ बजे बैठक बस्ने भनिएको भएपनि महाधिवेशनको नयाँ मितिका लागि शिर्ष नेताहरुको अनौपचारिक छलफल पछि साँझ ६ बजेपछि मात्र बैठक शुरु भएको थियो । नयाँ प्रस्तावमा भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भएको छ । साथै आजको बैठकले केन्द्रीय समितीको कार्यकाल ६ महिना थप समेत भएको छ । यस अघि चार बर्षे कार्यकाल सकिएपछि गतबर्ष सभापति देउवाले पार्टी विधान अनुसार एक बर्ष कार्यकाल थपेका थिए । यस पटक ६ महिनाको कार्यकाल भने संबिधानमा रहेको व्यवस्था अनुसार थप हुदै छ । ...
पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिको आग्रह

पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिको आग्रह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ५ उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्नका लागि पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको उनको भनाइ छ । उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयता बारे प्रश्न उठ्न थालेको पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउ...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन ५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ । कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुनेछ । यहि फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ । अब कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । जसअनुसार कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ ।...
ओली सरकारको पतन अव धेरै टाढा छैन : गगन थापा

ओली सरकारको पतन अव धेरै टाढा छैन : गगन थापा

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन ५ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले बैतडीमा काँग्रेस सभामा भएको नेकपा ओली पक्षको आक्रमणको निन्दा गरेका छन् । नेता थापाले हिंसा कायरहरूको हतियार हो भन्दै निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै थापाले वैधता र वैधानिकता दुवै गुमाएको केपी शर्मा ओली सरकारको पतन अब धेरै टाढा नभएको बताएका छन् । उनले भनेका छन् - बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ । हिंसा कायरहरूको हतियार हो । निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो । वैधता र वैधानिकता दुवै गुमाएको केपी शर्मा ओली सरकारको पतन अव धेरै टाढा छैन ।...
नेपाली काँग्रेसद्वारा बैतडी घटनाको निन्दा , सत्ता उन्माद नदेखाउन चेतावनी

नेपाली काँग्रेसद्वारा बैतडी घटनाको निन्दा , सत्ता उन्माद नदेखाउन चेतावनी

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन ४ । नेपाली काँग्रेसले बैतडी घटनाको निन्दा गरेको छ ।बैतडीको डिलासैनीमा भएको काँग्रेसको विरोध सभामा नेकपाको ओली पक्षले आक्रमण गरेर काँग्रेसका नेता एनपी साउदसहित कैयौं कार्यकर्ता घाइते भएका थिए । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताले नियोजित रुपमा आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेका छन् । काँग्रेसले सत्ताको उन्माद नदेखाउन चेतावनी दिदै डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गरेको छ । काँग्रेसको विज्ञप्ति स: डिलासैनी घटना निन्दनीय । सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी । बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के।पी। शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ । नेपाली कांग्रेसका केन्...
शिक्षक हत्या प्रकरणः विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

शिक्षक हत्या प्रकरणः विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ४ । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको चन्दा नदिएको निहुँमा विप्लव समूहका छ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट नै उठाएर जंगलमा लगेर मङ्सिर २३ गते हत्या गरेका थिए । अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो । सो मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता भएको हो । शिक्षक हत्या आरोप...
ढुक्क हुनुस् वैशाखमा कुनै पनि हालतमा चुनाव हुँदैन: प्रचण्ड

ढुक्क हुनुस् वैशाखमा कुनै पनि हालतमा चुनाव हुँदैन: प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बैंशाखमा निर्वाचन गर्नै नसक्ने दाबी गरेका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो दाबि गरेका हुन् । संसद विघटन चुनाव गर्नका लागि गरिएको कदम नै नभएको उनले बताए । उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गरेरै छाड्ने बताए ।अध्यक्ष प्रचण्डले पहिले राजामहाराजाले गर्ने जस्तै पञ्चर्‍याली र जमिन बाड्छौं भनेर मान्छे उतार्नुको कुनै तुक नभएको तर्क गरे । लामो बलिदानी र संघर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा उत्रिएको जिकिर गरे ।...
देउवा भन्छन्- निर्वाचन आयोगले बदमासी गर्नसक्छ, आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो

देउवा भन्छन्- निर्वाचन आयोगले बदमासी गर्नसक्छ, आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले बदमासी गर्न सक्ने बताएका छन् । भैरहवामा सोमबार काँग्रेसको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले अहिले अदालतले भन्दा पनि निर्वाचन आयोगबाट बदमासी हुनसक्ने आशंका व्यक्त गरेका छन् । नेकपा विवादमा निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउदै सभापति देउवाले प्रधानमन्त्रीले चुनाव घोषणा गरिसक्दा पनि आयोगले निर्वाचनको तयारी नगरेको भन्दै आयोगमाथि आशंका बढेको बताए । उनले भने, ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन रु अदालतको निर्णय पर्खने काम आयोगको होइन । आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो । आयोगले बदमासी गर्न सक्छ भन्दै देउवाले निर्वाचन तालिका सार्बजनिक नगरेकोमा आपत्ति जनाए...