Tuesday, April 23
Shadow

१४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने कांग्रेसको निर्णय


  • -इ
  • इ+

काठमाडौँ, फागुन ६ । नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावलाई पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानमारी दिए ।

विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो ।

केन्द्रीय समिति बैठकले सभापतिका तर्फबाट महामन्त्रले प्रस्ताव गरेकै महाधिवेशनको अन्तिम मिति अनुमोदन गरेको भन्दै महाधिवेशन पूर्व जिल्ला वडा तह लगायतको अधिवेशनको कार्यतालिका भने सामान्य हेरफेर गरेको उनले बताए ।

बैठकले पार्टीको केन्द्रीय सदस्य रमेश लेखकको संयोकत्वमा ७ सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिले क्रियाशील सदस्यमा परेको उजुरीको छानविन गर्ने, यसअघि आएको क्रियाशिल सदस्यताको छानविन लगाएतका काम सम्पन्न गरी महाधिवशेनको कार्यतालिकाभित्र केन्द्रीय समितिमा प्रतिवेदन बुझाउने उनले जानकारी दिए ।

त्यस्तै बैठकले निर्वाचनको घोषणा गरेर सरकारले सरुवा बढुवा नियुक्ति गरेर द्वैध चरित्र देखाएको र सत्ताको चरम दुरुपयोग गरेको ठहर गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares