Thursday, March 28
Shadow

विप्लवले भन्यो- हामी सरकारसँग वार्ता गर्न सकारात्मक छौँ


  • -इ
  • इ+

काठमाडौँ, फागुन ८ । नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares