Friday, April 26
Shadow

ओलि विरुद्ध बोल्नु भयो खुसी लाग्यो अब प्रचण्ड विरुद्ध पनि बोल्न नडराउनुस : देउवा


  • -इ
  • इ+

काठमाडौ, फागुन ७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलिको खुलेर बिरोध गरेकोमा खुसी हुँदै अब प्रचण्डको विरुद्ध पनि बोल्न निर्देशन दिएका छन् ।

नुवाकोटमा आयोजित काँग्रेसको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई अब प्रचण्ड विरुद्ध पनि बोल्न  नडराउनुस भन्दै यस्तो निर्देश दिएका हुन् ।

सभापति देउवाले प्रचण्ड र ओली चुनाव चिन्हका लागि लडिरहेको बताउँदै उनले काँग्रेसकै नेताहरु चुनावमा जान हुन्न भनिरहेको पनि चर्चा चलीरहेको बताए । काँग्रेसलाई कसैले हराउन नसक्ने भन्दै काँग्रेसलाई काँग्रेसले नै हराउने भएकाले आउदो चुनावमा मिलेर चुनावमा जाने बताए ।

सभापति देउवाले चुनावबाट भाग्ने हो भने किन राजनीति गरेको भन्दै बैशाखमा भएपनि जेठमा भएपनि दुई बर्षपछि भएपनि चुनावका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिए । अदालतले संसद पुनर्स्थापना गरेपनि चुनाव दुई बर्षपछि हुने बताउदै चुनावबाट डराउन नहुने उनले बताए ।

उनले ढिलो चाडो हुने निर्वाचनका लागि काँग्रेस तयार भएर बस्नुपर्ने बताए ।नेपालमा संबिधान नबुझ्ने कोहि नभएको बताउदै सभापति देउवाले अदालतलाई विश्वास गर्न पनि आग्रह गरे ।

अदालतमा विचाराधीन मुद्धामा बोल्दा विचार पुर्याउनुपर्ने बताउदैअदालतको निर्णय जे हुन्छ त्यसलाई काँग्रेसले मानेर जाने सभापति देउवाको भनाइ रहेको थियो ।

उनले संविधानको विषयमा अधिवक्ताहरु र अदालतले बोल्ने बताउँदै चुनावको प्रचारका लाग्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares