Friday, April 24
Shadow

राजनिती

प्रचण्डबाट अलग भएर ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह

प्रचण्डबाट अलग भएर ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत हुँदासम्म घनिष्ट रहेको माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहबाट अलग भएको छ । सोमवार संयुक्त स्थायी कमिटी बैठकपछि सर्वोच्च अदालतको फैसला अनुसार नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा जाने निष्कर्षसहित नेपाल समूह बाहिरिएको छ । अब प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र एक्लै रहने छ भने नेपाल समूह एमालेभित्र ओलीसँग अन्तर्संघर्ष गर्ने निष्कर्षमा पुगेको छ । अदालतको फैसला अनुसार नै नेपाल समूह एमालेमै जानुपर्ने भएको र अनौपचारिक स्थायी कमिटी बैठकमा यस्तै निष्कर्ष निस्किएको स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए ।...
प्रचण्ड-नेपाल पक्षले गर्यो फैसलाअनुसार अलग अलग हुने निर्णय

प्रचण्ड-नेपाल पक्षले गर्यो फैसलाअनुसार अलग अलग हुने निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २४। प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्चको फैसलापछिको परिस्थितिको विश्लेषण गर्दै अलग अलग भएर जाने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिएका हुन् । उनले अदालतको फैसला कार्यान्वयन गर्ने बताउदै सँगै यसमा आफुहरुको असहमति रहेको कुरा पनि प्रष्टरुपमा राख्दै जाने बताए । यसअघि नेता रघुजी पन्तले पनि सर्वोच्चको फैसलापछि एमाले र मावोवादी केन्द्रको एकताको सम्भावना खोज्नुपर्नेमा जोड दिएको बैठकमा बताएको उल्लेख गरेका थिए ।    ...
महिलाविरूद्धको हिंसा अन्त्यका लागि एक हुन प्रधानमन्त्री ओलीको अपिल

महिलाविरूद्धको हिंसा अन्त्यका लागि एक हुन प्रधानमन्त्री ओलीको अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौँ, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सबैलाई एक हुन अपिल गरेका छन् । १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्दै महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न पनि आग्रह गरेका छन् । नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको उनले दाबी गरेका छन् । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको ओलीको शुभकामना सन्देशमा उल्लेख छ । ‘लैङ्गिक रुपमा हुने हिंसाको अन्त्य र सामाजिक न्याय तथा सम्मानपूर्ण जीवनयापनको अधिकार सुनिश्चित गर्दै हामी देशलाई समृद्ध र जनतालाई सुखी...
राष्ट्रिय महिला दिवसः राष्ट्रपति र उपराष्ट्रपतिको यस्तो शुभकामना

राष्ट्रिय महिला दिवसः राष्ट्रपति र उपराष्ट्रपतिको यस्तो शुभकामना

मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवस ९८ मार्च० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गरेकी छन । संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार ...
राजनीतिक संकट गहिरिएको बेला दाहाल–नेपाल समुहले बोलायो स्थायी कमिटि बैठक

राजनीतिक संकट गहिरिएको बेला दाहाल–नेपाल समुहले बोलायो स्थायी कमिटि बैठक

मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन २४ । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी कमिटिको बैठक डाकिएको पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकपछि भावी रणनीति तय गरिने श्रेष्ठको भनाई छ । यो समुहले नेकपा नामको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताईसकेको छ । सर्वोच्च अदालतले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको आरोप समेत उसको छ । सर्वोच्चको फैसला राजनीतिक आग्रह प्रेरित, अस्वभाविक एवं कानूनी रुपले समेत गलत रहेकोले आफुहरुको गम्भीर असहमति रहेको दाहाल नेपाल समुहको भनाइ छ ।...
महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन:  सभापति देउवा

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन: सभापति देउवा

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २४ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन् । “शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो”, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि भएको बताउँदै सभापति देउवाले कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहने...
कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?

कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन् । तर, निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैको नाममा दर्ता भइसकेका छन् । तर, सर्वोच्चको सो फैसलासँगै अर्कै व्यक्तिको नाममा दर्ता भएको भनिएको एमाले र माओवादी केन्द्र उनीहरूले नपाउने भएका छन् । दुई पार्टी एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै पार्टी एकीकरण गर्दै नेकपा दल गठन गरेका थिए । खाली रहेको सो पार्टीको नाममा निर्वाचन आयोगमा सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा ९एमाले० दर्ता गरेकी थिइन् भने माओवादी केन्द्रको नाममा गोपाल किराँतीले दल दर्ता गरेका थिए । अहिले सो पार्टी अस्तित्वमा रहेका छन् । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमा...
संसद्‌मा विश्वासको मत लिन्छु : प्रधानमन्त्री ओली

संसद्‌मा विश्वासको मत लिन्छु : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन २३ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले समर्थन फिर्ता लिए संसद्मा विश्वासको मत लिने बताएका छन् । संसदीय दलको बैठकमा यस्तो बताएको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार आज प्रधानमन्त्री ओली सभामुखसँग आक्रोशित थिए । “सरकारको विरुद्धमा बोल्ने व्यक्तिलाई प्राथमिकतामा राखियो,” ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, “सभामुखबाट पक्षपातपूर्ण व्यवहार गरियो । कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएन ।”...
सर्वोच्चको फैसलाप्रति दाहाल नेपाल पक्षको आपत्ति, संसद बैठक बहिस्कार

सर्वोच्चको फैसलाप्रति दाहाल नेपाल पक्षको आपत्ति, संसद बैठक बहिस्कार

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन २३ नेकपाको प्रचण्ड माधव पक्षले सर्वोच्चको फैसलाप्रति आपत्ति जनाएको छ। पुनःस्थापित प्रतिनिसभाको पहिलो बैठकमै सांसद भीम रावललले सर्वोच्चको फैसलालाई कानुनी राजनैतिक भनेर प्रश्न उठाए। आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई अवैधानिक ठहर गरेको थियो। उक्त निर्णयप्रति असहमति जनाउँर्दै रावलले भने, ‘कानुनी फैसला हो कि राजनीतिक फैसला हो? यदि नेकपा अवैधानिक हो भने प्रधानमन्त्री कुन पार्टीको हो? कुन सरकारको हो भन्ने स्पष्ट हुनुपर्छ।’ आइतबारको कार्यसूचीमा अध्यादेश पेश गर्ने कुरा कार्यसूचीमा राखेका भन्दै दाहाल नेपाल पक्षले बैठक बहिस्कार गरेको छ। अध्यादेशबाट सरकार चलाउने कुरालाई स्वीकार गर्न सकिँदैन भन्दै दाहाल नेपाल पक्षले बैठक छाडेर हिँडेको हो। तर प्रतिनिसभा नियमावली २०७५ को नियम ९३ ले अधिवेशन नचलेका बेला जारी भएका अध्यादेश पहिलो बैठक...
प्रक्रियागत अन्योलले प्रतिनिधिसभा बैठक सुरु हुन सकेन

प्रक्रियागत अन्योलले प्रतिनिधिसभा बैठक सुरु हुन सकेन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन २३ सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आज आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको भए पनि बैठक सुरु भएको छैन। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सांसदहरु आइसकेका छन्। तर, पार्टीका शीर्ष नेताहरु आइपुगेका छैनन्। प्रधानमन्त्री केपी ओली भने केहीबेर बैठक बसेर बाहिरिएका छन्। कुन विधि र प्रक्रियाबाट बैठक सञ्चालन गर्ने भन्ने अन्योल हुँदा ढिलाइ भएको बताइएको छ। नेकपा विवाद उत्कर्षमा पुगेका बेला सुरु हुन लागेको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। अधिवेशन सुरु हुनुअघि नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेतक घोषणा गरिसकेका छन्। नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए। संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्...