काठमाण्डौँ, फागुन २३
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले समर्थन फिर्ता लिए संसद्मा विश्वासको मत लिने बताएका छन् ।
संसदीय दलको बैठकमा यस्तो बताएको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार आज प्रधानमन्त्री ओली सभामुखसँग आक्रोशित थिए ।
“सरकारको विरुद्धमा बोल्ने व्यक्तिलाई प्राथमिकतामा राखियो,” ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, “सभामुखबाट पक्षपातपूर्ण व्यवहार गरियो । कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएन ।”