Friday, April 26
Shadow

कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?


  • -इ
  • इ+

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन् । तर, निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैको नाममा दर्ता भइसकेका छन् । तर, सर्वोच्चको सो फैसलासँगै अर्कै व्यक्तिको नाममा दर्ता भएको भनिएको एमाले र माओवादी केन्द्र उनीहरूले नपाउने भएका छन् ।

दुई पार्टी एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै पार्टी एकीकरण गर्दै नेकपा दल गठन गरेका थिए । खाली रहेको सो पार्टीको नाममा निर्वाचन आयोगमा सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा ९एमाले० दर्ता गरेकी थिइन् भने माओवादी केन्द्रको नाममा गोपाल किराँतीले दल दर्ता गरेका थिए । अहिले सो पार्टी अस्तित्वमा रहेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन् । तर, उनीहरूको नाममा रहेको दर्ता भने स्वतः खारेज भई केपी शर्मा ओलीको अध्यक्षता रहेको एमाले र पुष्पकमल दाहालको अध्यक्षतामा रहेको माओवादी केन्द्रले नै स्वतः मान्यता पाउने निर्वाचन आयोगले जनाएको छ ।

संविधानविद् डा। भीमार्जुन आचार्यले सर्वोच्च अदालतको आइतबारको फैसलाले २ जेठ २०७५ कै अवस्थामा पुर्‍याएकाले केपी शर्मा ओलीको नाममा दर्ता भएको नेकपा ९एमाले० र पुष्पकमल दाहाल प्रचण्डको नाममा दर्ता भएको नेकपा ९माओवादी केन्द्र० ले नै निर्वाचन आयोगमार्फत मान्यता पाउने बताए । राजधानी दैनिकबाट

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares