Friday, April 24
Shadow

राजनिती

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

ब्यानर समाचार, राजनिती
  काठमाडौँ , फागुन २६ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाईएको छ । यसअघि प्रतिनिधिसभा विघटनको निर्णय बदरपछिको पहिलो बैठक फागुन २३ गते बसेको थियो । उक्त बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेको थियो । आजको बैठकमा पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ । संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेले प्रतिनिधिसभा विघटनको निर्णय बदरपछिको पहिलो बैठकका लागि कार्यसूचीमा राखेर पनि पारित हुन नसकेका विषय नै बुधबारका लागि सार्वजनिक गरिएको बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यी अध्यादेश जारी भएका थिए । अध्यादेश जारी भएको छ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । ...
आयोगद्वारा नेकपाको एकीकरण खारेज, ‘नेकपा’लाई अब संसद् सचिवालयले नचिन्ने

आयोगद्वारा नेकपाको एकीकरण खारेज, ‘नेकपा’लाई अब संसद् सचिवालयले नचिन्ने

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , फागुन २६ । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई खारेज गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला कार्यान्वयन गराउने सम्बन्धमा मंगलबार बसेको निर्वाचन आयोगको बैठकले नेकपाको पार्टी एकीकरणलाई खारेज गर्ने निर्णय गरेको हो । आयोगको बैठकले एमाले र माओवादी केन्द्र एकीकरण भएर आयोगको दर्ता नम्बर १४५ मा रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० उत्प्रेषणका आदेशबाट बदर भएको भन्दै सर्वोच्चको आदेशअनुसार खारेज गर्ने निर्णय गरेको आयोगले जनाएको छ । एकीकरणबाट बनेको नेकपा खारेज गरेसँगै आयोगले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ववत् दलहरू कायम रहेको व्यहोरा जानकारी गराएको छ । साथै, आयोगले नेकपा दर्ता भएको पुरानो निर्णयलाई खारेज गरी नयाँ निर्णयअनुसार दुवै दलहरू साबिककै अवस्थामा कायम रहेको सूचना राजपत्रमा प्रकाशन गर्...
प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा

प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा

पत्रपत्रिका, मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन २६ । शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् । उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि जान तयार रहेको सन्देश दाहाललाई दिएका छन् । जसपाका नेताहरुमा भने ओली नेतृत्वको सरकारमा रहने या विकल्पका रुपमा आउने सरकारलाई साथ दिने भन्ने द्विविधा देखिन्छ । जसपाका नेताहरुले सरकार गठनकै पेरिफेरीमा रहेर दुवै पक्षबाट ठोस प्रस्ताव नआएको बताएका छन् । तर, प्रधानमन्त्री ओलीले जसपाभित्रको राष्ट्रिय जनता पार्टी ९राजपा० पक्षका नेताहरुसँग भित्री रुपमा गरेको भेटले पनि दाहाल–देउवालाई झस्काएको छ । जसपाभित्र पनि यो विषय सन्देहपूर्णरुपमा उठेको ...
सुरु भयो प्रचण्डको दौडधुप !  देउवापछि लगतै भेटे भट्टराईलाई

सुरु भयो प्रचण्डको दौडधुप ! देउवापछि लगतै भेटे भट्टराईलाई

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २५ । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा।बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् । माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । त्यसपछि उनी भट्टराई भेटन गएका हुन् । प्रचण्डले समाजवादी पार्टीका नेताहरुसंग पनि छलफल गर्ने बताएका छन् । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो । एकपक्षीय र दुईपक्षीय भेटघाट बाक्लिएको छ ।...
सभापति देउवा र दाहालबीच भेटवार्ता, सरकार गठनका विषयमा छलफल

सभापति देउवा र दाहालबीच भेटवार्ता, सरकार गठनका विषयमा छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागनु २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। देउवा निवास बुढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबी आगामी सरकार समीकरण र प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नल्याउने विषयमा छलफल भएको जनाइएको छ । उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेर अध्यक्ष प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो।...
एमाले र माओवादी केन्द्र फरक दलका रुपमा बुझ्न निर्वाचन आयोगबाट स्पष्ट

एमाले र माओवादी केन्द्र फरक दलका रुपमा बुझ्न निर्वाचन आयोगबाट स्पष्ट

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागनु २५ । निर्वाचन आयोगले नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरी ती निकायलाई जानकारी गराउने भएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आआफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने निर्णयसहित एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै पक्षलाई आमन्त्रण गरेको छ । सर्वोच्च ...
माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्यमा,कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्यमा,कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा

ब्यानर समाचार, राजनिती
काठमाण्डौ , फागुन २५ । तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ गठबन्धनका लागि नयाँ शिराबाट संवाद सुरु भएको छ । अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका लागि संवादको बाटो खुला भएको छ । उता पछिल्लो राजनीतिक घटनाक्रम र भावी सरकारलाई लिएर जनता समाजवादी पार्टीको पनि संसदीय दलको बैठक मंगलबार नै बस्दै छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अहिले कायम रहेका सांसद संख्या २७० मध्ये सरकारको पक्ष÷विपक्षमा कम्तीमा १३५ सांसद आवश्यक पर्छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेस वा जनता समाजवादी पार्टीको समर्थनमा सरकार बचाउन सक्छन् । एमाले १२१ लाई जसपा ३४ ले समर्थन गरे १५५ र कांग्रेस ६३ ले समर्थन गरमा १८४ सांसद पुग्छन् । त्यस्तै, विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बने सरकार बनाउन सक्ने अंकगणित १५० पुग्छ । प्रतिनिधिसभामा...
नेकपा (एमाले) सबैलाई समेटेर अघि बढ्छ :  मन्त्री ढकाल

नेकपा (एमाले) सबैलाई समेटेर अघि बढ्छ : मन्त्री ढकाल

मुख्य समाचार, राजनिती
काठमाडौं, फागनु २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटेर अगाडि बढ्ने बताएका छन् । पुनःस्थापित नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको शुभारम्भ गर्दै उनले वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय तह र सङ्घीय निर्वाचनका लागि नयाँ जनादेशमा जान तयारी शुरु गरेको विचार व्यक्त गरे । मन्त्री ढकालले एमालेले संसद्मा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने भएकाले पार्टीले सबै विकल्प खुल्ला गरेको धारणा राखे । उनले निर्वाचनका समयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विजयी भएकाले प्रतिपक्षका नेतालाई प्रधानमन्त्री बनाउन पहल गर्नु जनताले सबै बुझेका छन् भन्दै पार्टीभित्रबाट तीन वर्ष सरकार सञ्चालन र जनताक...
नेता नेपालले भने -अलग भए पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहन्छ

नेता नेपालले भने -अलग भए पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहन्छ

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागनु २४ । माधवकुमार नेपालले दुई धारमा रहेर पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका छन् । उनले जुनसुुकै स्थानमा रहेपनि कम्युनिष्टहरु एकीकृत भएर सहकार्य गर्ने बताए । बामपंथी धारलाई बलियो बनाउन दुवै पक्षले उत्तिकै सहकार्य गर्न आवशयक रहेकोमा उनले जोड दिए । दाहाल(नेपाल समूहको बैठकपछि माधव नेपालले निकै गह्रुंगो हुँदै भने, ‘पार्टी नै फरक फरक भएपनि हाम्रो हृदय नै विशाल छ सबैलाई समेटेर लैजाने छौं ।’ सर्वोच्च आदालतको फैसालाले यो अवस्था श्रृजना गरेको भन्दै उनले भने फैसालाको बारेमा सुनेका हौँ त्यसमा छलफल भैरहेको छ । आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको उनले बताए । फैसला कार्यावन्यनको लयमा जान्छ कि जाँदैन हेर्न जरुरी छ । बैठकपछि नेपाल र खनाल समूह पूर्वएमालेमा नै फर्केका छन् । उनीहरुले त्यहीँ भित्र रहेर केपी ओलीविरद्ध संघर्ष...
प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देशमा संकटमा पर्यो: विप्लव

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देशमा संकटमा पर्यो: विप्लव

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन २४ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको तर्क गरेका हुन् । माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाइको सरकार बनेपनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको दावी गरे । उनले बाबुराम भट्टराईले पनि गलत बाटो लिएकाले मधेशवादी दलको नेता बन्न पुगेको टिप्पणी गरे । सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको पनि विप्लवले बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको उनको भनाइ छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएको दुई महिनाभित्र सखाप प...