Friday, April 19
Shadow

प्रचण्डबाट अलग भएर ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह


  • -इ
  • इ+

काठमाडौं, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत हुँदासम्म घनिष्ट रहेको माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहबाट अलग भएको छ ।

सोमवार संयुक्त स्थायी कमिटी बैठकपछि सर्वोच्च अदालतको फैसला अनुसार नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा जाने निष्कर्षसहित नेपाल समूह बाहिरिएको छ ।

अब प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र एक्लै रहने छ भने नेपाल समूह एमालेभित्र ओलीसँग अन्तर्संघर्ष गर्ने निष्कर्षमा पुगेको छ ।

अदालतको फैसला अनुसार नै नेपाल समूह एमालेमै जानुपर्ने भएको र अनौपचारिक स्थायी कमिटी बैठकमा यस्तै निष्कर्ष निस्किएको स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares