Thursday, April 25
Shadow

राजनीतिक संकट गहिरिएको बेला दाहाल–नेपाल समुहले बोलायो स्थायी कमिटि बैठक


  • -इ
  • इ+

काठमाडौं , फागुन २४ । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी कमिटिको बैठक डाकिएको पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकपछि भावी रणनीति तय गरिने श्रेष्ठको भनाई छ ।

यो समुहले नेकपा नामको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताईसकेको छ ।

सर्वोच्च अदालतले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको आरोप समेत उसको छ ।

सर्वोच्चको फैसला राजनीतिक आग्रह प्रेरित, अस्वभाविक एवं कानूनी रुपले समेत गलत रहेकोले आफुहरुको गम्भीर असहमति रहेको दाहाल नेपाल समुहको भनाइ छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares