Friday, April 24
Shadow

राजनिती

संसद बैठक सुरु हुँदै, यस्ता छन् कार्यसूची

संसद बैठक सुरु हुँदै, यस्ता छन् कार्यसूची

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, फागुन २३ प्रतिनिधिसभाको सातौँ अधिवेशन केहीबेरमा सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । बैठक केही ढिला सुरु हुन लागेको हो । बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आहवानसम्बन्धी पत्र, मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र सुनाउने, विभिन्न अध्यादेश पेस गर्ने तथा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । ...
प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन २३ सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।...
मलाई अहिले नै प्रधानमन्त्री बन्न हतार छैन: देउवा

मलाई अहिले नै प्रधानमन्त्री बन्न हतार छैन: देउवा

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २२ । नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उहाँ आज यहाँ उद्घाटन गर्दै उनले भने, प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले सरकारको नेतृत्व गर्नेभन्दा पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसको मुद्दा हो, त्यसलाई बचाउनु कांग्रेसकै भूमिका बढी हुन्छ, त्यसैले पनि वर्तमान राजनीतिक गतिरोध अन्त्यमा लाग्नुपर्छ कांग्रेस ।” महामन्त्री डा शशाङ्क कोइरालाले तोकिएकै समयमा कांग्रेस महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड ...
ओली पक्षको संसदीय दल बैठकः  ११५ सांसद उपस्थित भएको दाबि

ओली पक्षको संसदीय दल बैठकः ११५ सांसद उपस्थित भएको दाबि

ब्यानर समाचार, राजनिती
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिएका छन् । आजको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरि ११५ सांसदको सहभागिता रहेको ओली पक्षले दाबि गरेको छ । उनकाअनुसार संसदीय दलका नेता एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिएका थिए । आइतबार बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । शुक्रबार मात्र नेकपाको प्रचण्ड(नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो । उक्त पक्षले पनि हिजोको बैठकमा एक सय १५ जना संघीय सांसद उपस्थित रहेको दाबी गरेको थियो । हिजोको बैठकले दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरेको थ...
नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दै

नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दै

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन २२ । नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ ।अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा १७२ जना प्रतिनिधिसभा सदस्यमध्ये बहुसंख्यक उपस्थित हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । दाहाल(नेपाल समूहले आफ्नो बैठकमा १११ सांसद उपस्थित भएको दाबीमा सत्यता नरहेको भट्टराईले बताए । ‘९० कुर्सी राखेको पनि नभरिएको देखियो १११ सांसदको दाबीमा सत्यता बहुसंख्यक हामीसँगै छन्, बहुसंख्यक सदस्यसहितको बैठकबाट हुने निर्णय नै आधिकारिक हो,’ भट्टराईले भने,’ हामी संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्छौ ।’ आइतबार डाकिएको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरूलाई निर्देशन दिने उनले बताए । दाहाल(नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाए पनि त्यो प्रकियासम्मत ...
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन २२ । नेकपा दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ । शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदिय दलको नेता चयन गरेको छ । समूहले आफू निकटका संसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । संसदीय दलको नेता चयन भएपछि दाहालले अविश्वास प्रस्ताव ल्याउन ओलीले बाध्य पारेको बताउनुभयो । बहुमत सदस्यले मलाई संसदीय दलको नेताका रुपमा चयन गर्नु भएको छ। यसलाई मैले चनुनौतीको रुपमा लिएको छु । आवश्यक परे ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बाटोतर्फ अग्रसर हुनुपर्छ, दाहालले बैठकपछि भन्नुभयो । उहाँले अहिले नै प्रधानमन्त्री बन्ने हतार नभएको र अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।...
संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागनु २२ । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका कारण उनीहरू एकै लहरमा बस्नुपर्ने भएको हो । नेपाल कम्युनिस्ट पार्टीको वैधानिकताको मुद्दा निर्वाचन आयोगबाट निर्णय नहुँदा ओली पक्ष र दाहाल–नेपाल पक्षका सांसदहरू एकै लहमा बस्नुपर्ने संसद् सचिवालयले जनाएको छ । ‘पार्टी विभाजन वा फरक दल भएको जानकारी संसद्मा नआएसम्म हामीले सत्ता पक्षका सांसदहरू सबैलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका छौं,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राजधानीसँग भने, ‘संसद्मा एउटै दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सांसदको रूपमा उहाँहरूलाई एकै स्थानमा बस्ने व्यवस्था मिलाएका हौं ।’ राष्ट्रियसभाको बैठकमा पनि एकै लहरमा बस्ने व्यवस्था मिलाइएका कारण दुवै पक्षका सां...
विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै आयोगलाई फेरि प्रचण्ड–नेपाल समूहको पत्र

विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै आयोगलाई फेरि प्रचण्ड–नेपाल समूहको पत्र

मुख्य समाचार, राजनिती
काठमाडौ , फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले विवाद छिट्टै निरुपण गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई फेरि पत्र बुझाएको छ । आज आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि ताकेतापत्र बुझाएको बताए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया अघि बढाउने जानकारी दिएको पाण्डेले बताए ।...
यस्तो छ सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति

यस्तो छ सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति

ब्यानर समाचार, राजनिती
  काठमाडौं, फागुन २१ । सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका महासचिब नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिका बुँदा १ दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं। २ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ। ३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ। हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु पनि उपस...
सरकार अविचलित निष्ठाका साथ अघि बढिरहेको छ :  प्रधानमन्त्री ओली

सरकार अविचलित निष्ठाका साथ अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठासाथ अघि बढिरहेको बताएका छन् । झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उनले आन्दोलनको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्रीका रुपमा राज्य सञ्चालन गर्दा होस्, आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ मुलुकको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताएका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सरकारले मुलुकमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको उल्लेख गरेका छन् । उनले जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा...