Friday, April 19
Shadow

सर्वोच्चको फैसलाप्रति दाहाल नेपाल पक्षको आपत्ति, संसद बैठक बहिस्कार


  • -इ
  • इ+

काठमाण्डौँ, फागुन २३
नेकपाको प्रचण्ड माधव पक्षले सर्वोच्चको फैसलाप्रति आपत्ति जनाएको छ।

पुनःस्थापित प्रतिनिसभाको पहिलो बैठकमै सांसद भीम रावललले सर्वोच्चको फैसलालाई कानुनी राजनैतिक भनेर प्रश्न उठाए।

आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई अवैधानिक ठहर गरेको थियो।

उक्त निर्णयप्रति असहमति जनाउँर्दै रावलले भने, ‘कानुनी फैसला हो कि राजनीतिक फैसला हो? यदि नेकपा अवैधानिक हो भने प्रधानमन्त्री कुन पार्टीको हो? कुन सरकारको हो भन्ने स्पष्ट हुनुपर्छ।’

आइतबारको कार्यसूचीमा अध्यादेश पेश गर्ने कुरा कार्यसूचीमा राखेका भन्दै दाहाल नेपाल पक्षले बैठक बहिस्कार गरेको छ। अध्यादेशबाट सरकार चलाउने कुरालाई स्वीकार गर्न सकिँदैन भन्दै दाहाल नेपाल पक्षले बैठक छाडेर हिँडेको हो।

तर प्रतिनिसभा नियमावली २०७५ को नियम ९३ ले अधिवेशन नचलेका बेला जारी भएका अध्यादेश पहिलो बैठकमा अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

रावलले आइतबारको बैठकमा शोक प्रस्ताव मात्रै हुनुपर्ने माग गरेका थिए। रावलले यस्तो कुरा राखिरहँदा नेकपाकै ओली पक्षका सांसद खगराज अधिकारीले नियम आपत्ति गर्दा संसदमा होहल्ला भएको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares