Friday, April 24
Shadow

राजनिती

प्रधानमन्त्रीको आश्वासनपछि जसपाका नेता उत्साहित, आज थप छलफल हुँदै

प्रधानमन्त्रीको आश्वासनपछि जसपाका नेता उत्साहित, आज थप छलफल हुँदै

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएका माग सम्बोधन गर्न सकारात्मक बनेपछि जसपाका नेता उत्साहित बनेका छन । सरकारी पक्ष र जसपाका नेताहरूबीच बिहीबार भएको दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले निलम्बित सांसद रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तालाई रिहा तथा मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउनुपर्ने माग सुनुवाइका लागि आफू तयार भएको बताएका थिए । जसपासँग वार्ता गर्न सरकारी पक्षबाट गठित कार्यदलका सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीसँगको छलफल सकारात्मक भएको र आज कार्यदलस्तरमा थप गृहकार्य अघि बढाउने जानकारी दिए । आज बस्ने कार्यदल तहको बैठकले समझदारीका लागि मोडालिटीका विषयमा छलफल गर्नेछ । जसपाबाट कर्ण र सर्वेन्द्रनाथ शुक्ला कार्यदल सदस्य छन। सरकारी पक्षको कार्यदलमा नेम्वाङसँगै अर्थमन्त्र...
दलको सहमतिमै संसद् सञ्चालन गर्नुपर्छ:  अध्यक्ष तिमिल्सिना

दलको सहमतिमै संसद् सञ्चालन गर्नुपर्छ: अध्यक्ष तिमिल्सिना

मुख्य समाचार, राजनिती
काठमाडौं, फागनु २७ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलको सहमतिमा संसद् सञ्चालन गर्नुपर्ने बताएका छन्। पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा बिहीबार १५ श्ययाको नगर अस्पताल शिलान्यास समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले फेरि पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने बताए। जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउँदै मुलुकको समृद्धिको निम्ती काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारबाही गर्नुपर्ने बताए। अब यो सरकारको म्याद दुई वर्ष रहेकाले आगामी चुनावसम्म संसद् विघटन गर्नुपर्ने अवस्था नआओस् मेरो कामना छु, अध्यक्ष तिमिल्सिनाले भने।...
एमाले र जसपाबीच भेटवार्ता सकियो, के भयो कुराकानी ?

एमाले र जसपाबीच भेटवार्ता सकियो, के भयो कुराकानी ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २७ । नेकपा एमाले र जसपाका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । साथै दुवै पार्टीको कार्यदल स्तरीय भेटवार्ता शुक्रबार समेत हुने उनले बताएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुबासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई सहभागी थिए । त्यस्तै जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल करण सहभागि रहेका थिए । जसपाको शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राईल...
तल्काल स्थायी कमिटी बैठक बोलाउन नेपाल–खनाल समूहको माग

तल्काल स्थायी कमिटी बैठक बोलाउन नेपाल–खनाल समूहको माग

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन २७। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैठक बोलाउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन् । वरिष्ठ नेता नेपाल र खनाल पक्षीय स्थायी कमिटी सदस्यहरुले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् । आज ९बिहीबार० काठमाडौंको बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षीय स्थायी कमिटीको बैठकले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिएका छन् । उनले अहिलेको परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक नै बस्नु पर्ने भए पनि तत्कालका लागि स्थायी कमिटी बैठक बोलाउन आग्रह गरिएको बताए । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्ने निष्कर्ष निकालेको ...
राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा दर्शन

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा दर्शन

मुख्य समाचार, राजनिती, समाचार, समाज
  काठमाडौँ, फागनु २७ । शिवरात्रिका अवसरमा पशुपतिमा लाखौँ भक्तजनले दर्शन गरेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पनि महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले अपरान्ह पशुपतिनाथको दर्शन गरेका हुन् । उनीहरुले पशुपतिका पुजारीबाट टिका तथा प्रसाद ग्रहण गरे । बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पशुपतिनाथ क्षेत्रमा भण्डारी र पुन आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।  ...
प्रचण्ड भन्छन् -राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न अझै बाँकी छ

प्रचण्ड भन्छन् -राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न अझै बाँकी छ

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताएका छन् । भरत ढुंगाना स्मृतिग्रन्थ सार्बजनिकीरण तथा परिचर्चा कार्क्रमलाई सम्बोधन गर्दै देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेका कारण आफु चिन्तित र आक्रोशित भएको बताए । उनले आफु आन्दोलित समेत भएको बताएका छन् । प्रचण्डले आफुभित्र आवेग र आक्रोश रहेको भन्दै नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने चेतावनी समेत दिए । प्रचण्डले राजनीतिक हिसाबले विजय हासिल गरेपनि राष्ट्रिय स्वाधिनताको लडाँइ लड्न बाँकि रहेको बताए ।प्रचण्डले अहिले माओवादी आन्दोलनले हासिल गरेका उपलब्धिलाई कसरी निस्तेज पार्नेमै सबैको ध्यान रहेको बताए ।...
माधव समूहले गुटगत भेला राखेकोभन्दै ओली समूह सशंकित

माधव समूहले गुटगत भेला राखेकोभन्दै ओली समूह सशंकित

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २७ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही सफ्ट देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता औंल्याएको हो । तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा मच्चाउन सक्ने भन्दै सचेतता अपनाइएको बताएको छ । भेलामा सो समूहले पार्टीका विभिन्न कमिटीका बैठक बसालेर पार्टीलाई चलायनमान बनाउनसमेत अध्यक्ष ओलीसँग माग गरेको छ । तर, ओली पक्षले भने बाहिर एक थोक भन्ने तरभित्र अर्कै रणनीति...
नेपालमा अब कुनै प्रकारको अशान्ति छैन :  प्रधानमन्त्री ओली

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताए । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उनले पृथकतावादी सोचलाई समेत टुङ्ग्याइएको बताए । “हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।” यसका लागि सुरक्षा परिषद्को नीतिले पनि उल्लेख्य काम गरेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पा...
वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय

वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन २६ । नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलाले वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने निर्णय गरेको छ । काठमाडौँको बानेश्वरस्थित एक होटेलमा बुधबार बसेको सो पक्षको छलफलमा विगतमा पार्टी भित्र जे जस्ता असन्तुष्टि भएपनि नेतृत्वसँग मिलेर अगाडि बढ्ने तथा वाम गठबन्धनको सरकारलाई टिकाउन अधिकतम प्रयत्न गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिए । भेलामा नेता नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी भएका थिए । उनीहरुले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने जनाउँदै बताउँदै आएका छन् । एमाले ब्यूँतिएपश्चात अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल, खनाल लगायतसँग भेटेका छैनन् । अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका ने...
गृहमन्त्री थापालाई एमालेको उपाध्यक्ष बनाउने तयारी, बधाइ अहिले नै आउन थाल्यो

गृहमन्त्री थापालाई एमालेको उपाध्यक्ष बनाउने तयारी, बधाइ अहिले नै आउन थाल्यो

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन २६ । गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा एमालेको उपाध्यक्ष बनाउने तयारी थालिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रधानमन्त्री ओलीसँगको सहकार्यमै रहने निर्णयमा पुगेका थापालाई उपाध्यक्ष बनाउने सहमति भएको जनाइएको छ । बालुवाटार स्रोतका अनुसार पूर्व माओवादी केन्द्रका नेता समेत रहेका थापालाई एमालेको उपाध्यक्षमा बनाउने तयारी भइरहेको हो। उनी पार्टी एकीकरणपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् । उनी संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा खुलेर लागेका थिए ।नेता थापालाई उपाध्यक्ष बनाउने सहमति भएको खबर सार्वजनिक भएसँगै एमालेका नेता कार्यकर्ताले सामाजिक संजालमा थापालाई बधाइ समेत दिन थालेका छन् । नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतको फैसलापछि पूर्व माओवादी रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणीचन्द्र थापा लगायतका नेता माओवाद...