Saturday, July 31
Shadow

दलको सहमतिमै संसद् सञ्चालन गर्नुपर्छ: अध्यक्ष तिमिल्सिना


  • -इ
  • इ+

काठमाडौं, फागनु २७ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलको सहमतिमा संसद् सञ्चालन गर्नुपर्ने बताएका छन्।

पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा बिहीबार १५ श्ययाको नगर अस्पताल शिलान्यास समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले फेरि पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने बताए।

जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउँदै मुलुकको समृद्धिको निम्ती काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारबाही गर्नुपर्ने बताए।

अब यो सरकारको म्याद दुई वर्ष रहेकाले आगामी चुनावसम्म संसद् विघटन गर्नुपर्ने अवस्था नआओस् मेरो कामना छु, अध्यक्ष तिमिल्सिनाले भने।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्