Sunday, May 5
Shadow

तल्काल स्थायी कमिटी बैठक बोलाउन नेपाल–खनाल समूहको माग


  • -इ
  • इ+

काठमाडौं, फागुन २७। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैठक बोलाउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ नेता नेपाल र खनाल पक्षीय स्थायी कमिटी सदस्यहरुले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् । आज ९बिहीबार० काठमाडौंको बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षीय स्थायी कमिटीको बैठकले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिएका छन् ।

उनले अहिलेको परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक नै बस्नु पर्ने भए पनि तत्कालका लागि स्थायी कमिटी बैठक बोलाउन आग्रह गरिएको बताए । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्ने निष्कर्ष निकालेको थियो ।

एमाले र माओवादी भिन्दाभिन्दै पार्टी भएपछि माओवादी केन्द्रले स्थायी समितिको बैठक राखिसके पनि एमालेको दुई समूहबीच भने अहिलेसम्म औपचारिक वार्ता समेत भएको छैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares