Saturday, April 20
Shadow

गृहमन्त्री थापालाई एमालेको उपाध्यक्ष बनाउने तयारी, बधाइ अहिले नै आउन थाल्यो


  • -इ
  • इ+

काठमाडौँ, फागुन २६ । गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा एमालेको उपाध्यक्ष बनाउने तयारी थालिएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रधानमन्त्री ओलीसँगको सहकार्यमै रहने निर्णयमा पुगेका थापालाई उपाध्यक्ष बनाउने सहमति भएको जनाइएको छ ।

बालुवाटार स्रोतका अनुसार पूर्व माओवादी केन्द्रका नेता समेत रहेका थापालाई एमालेको उपाध्यक्षमा बनाउने तयारी भइरहेको हो।

उनी पार्टी एकीकरणपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् । उनी संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा खुलेर लागेका थिए ।नेता थापालाई उपाध्यक्ष बनाउने सहमति भएको खबर सार्वजनिक भएसँगै एमालेका नेता कार्यकर्ताले सामाजिक संजालमा थापालाई बधाइ समेत दिन थालेका छन् ।

नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतको फैसलापछि पूर्व माओवादी रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणीचन्द्र थापा लगायतका नेता माओवादी केन्द्रमा फर्किएका छैनन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares