Wednesday, April 24
Shadow

वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने नेता नेपाल समूहको निर्णय


  • -इ
  • इ+

काठमाडौँ, फागुन २६ । नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलाले वाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने निर्णय गरेको छ ।

काठमाडौँको बानेश्वरस्थित एक होटेलमा बुधबार बसेको सो पक्षको छलफलमा विगतमा पार्टी भित्र जे जस्ता असन्तुष्टि भएपनि नेतृत्वसँग मिलेर अगाडि बढ्ने तथा वाम गठबन्धनको सरकारलाई टिकाउन अधिकतम प्रयत्न गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिए ।

भेलामा नेता नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी भएका थिए । उनीहरुले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने जनाउँदै बताउँदै आएका छन् । एमाले ब्यूँतिएपश्चात अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल, खनाल लगायतसँग भेटेका छैनन् ।

अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका नेताहरुको व्यवस्थापनमा टुंगो लगाउने गृहकार्य गरिरहेका बेला नेता नेपाल समूहका केन्द्रीय सदस्यहरुले छलफल गरेका हुन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares