Friday, April 19
Shadow

प्रधानमन्त्रीको आश्वासनपछि जसपाका नेता उत्साहित, आज थप छलफल हुँदै


  • -इ
  • इ+

काठमाडौं , फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएका माग सम्बोधन गर्न सकारात्मक बनेपछि जसपाका नेता उत्साहित बनेका छन ।

सरकारी पक्ष र जसपाका नेताहरूबीच बिहीबार भएको दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले निलम्बित सांसद रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तालाई रिहा तथा मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउनुपर्ने माग सुनुवाइका लागि आफू तयार भएको बताएका थिए ।

जसपासँग वार्ता गर्न सरकारी पक्षबाट गठित कार्यदलका सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीसँगको छलफल सकारात्मक भएको र आज कार्यदलस्तरमा थप गृहकार्य अघि बढाउने जानकारी दिए ।

आज बस्ने कार्यदल तहको बैठकले समझदारीका लागि मोडालिटीका विषयमा छलफल गर्नेछ । जसपाबाट कर्ण र सर्वेन्द्रनाथ शुक्ला कार्यदल सदस्य छन। सरकारी पक्षको कार्यदलमा नेम्वाङसँगै अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेका छन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares