काठमाडौँ, फागनु २७ । शिवरात्रिका अवसरमा पशुपतिमा लाखौँ भक्तजनले दर्शन गरेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पनि महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन् ।
राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले अपरान्ह पशुपतिनाथको दर्शन गरेका हुन् । उनीहरुले पशुपतिका पुजारीबाट टिका तथा प्रसाद ग्रहण गरे ।
बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पशुपतिनाथ क्षेत्रमा भण्डारी र पुन आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।