Friday, April 24
Shadow

राजनिती

उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी

उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ २२ नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै पुत्ला जलाउन थालिएको छ । आज शनिवार उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै उनको अभिव्यक्तिप्रति तिब्ररुपमा विरोध समेत भईरहेको छ। उनको अभिव्यक्तिपछि देश भर विरोधका साथै पुत्ला जलाउने तयारी भईरहेको छ । सामाजिक संजालमा चर्को विरोध संधै सचेत नेपालीले खुलेर विरोध गर्न आव्हान समेत गरिएको छ । मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका थिए। शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअन...
निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

निर्वाचन तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीको दृढता

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, जेठ १५ मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो । तत्कालीन संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउने गरि...
राष्ट्रका नाममा प्रधानमन्त्री ओलीले गरेका ७२ बुँदे सम्बोधनमा के छ ? (पूर्णपाठ)

राष्ट्रका नाममा प्रधानमन्त्री ओलीले गरेका ७२ बुँदे सम्बोधनमा के छ ? (पूर्णपाठ)

ब्यानर समाचार, राजनिती, समाचार
१४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ। सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा साथ दिन आग्रह गरेको थिएँ। २. त्यस यताका पच्चीस दिन हाम्रा लागि निकै कष्‍टकर रहे। यस अवधिमा थप दुई लाख व्यक्ति सङ्क्रमित हुनुभयो। तीन हजारभन्दा बढीले ज्यान गुमाउनु भयो। अक्सिजन र शय्या व्यवस्थापनका लागि यो समय निकै चुनौतीपूर्ण रह्‍यो। लिक्विड अक्सिजन आयातमा समस्या पैदा भयो। अक्सिजन सिलिण्डरको अभाव खट्कियो। ३. समाधानका लागि हामीले सम्पूर्ण शक्ति केन्द्रित गर्‍यौं। त्यसले गर्दा अहिले स्थितिमा सुधार आएको छ। भारतबाट लिक्विड ...
ओली सरकारका मन्त्रीहरु किन गैरजिम्मेवार र आलोचीत काम मात्र गरिरहन्छन ?

ओली सरकारका मन्त्रीहरु किन गैरजिम्मेवार र आलोचीत काम मात्र गरिरहन्छन ?

ब्यानर समाचार, राजनिती, विचार, समाज, सम्पादकीय
काठमाडौ बर्तमान सकारका मन्त्रीहरु अनेक हकर्तले चर्चामा आईरहेका छन। कहिले सार्बजनीक कायर्यक्रममा श्री ५ को सरकारको तर्फबाट सम्बोधन गरेर होस त कहिले रुखबाट कार्बनडाईअक्साईड पाउछौ भनेर होस कुनै न कुनै रुपमा चर्चामा आएर आलोचनाको शिकार भईरहेका छन । यस्तै आलोचनाको शिकार भएका अर्का मन्त्री हुन,,प्रेम आले डोटीबाट प्रत्यक्ष निर्बाचित यी मन्त्री बारम्बार बिबादीत अभिब्यक्ती दिएर चर्चामा आईरहेका हुन्छन । केही समय अघाडी रुखले कार्बनडाईअक्साईड दिन्छ भनेर आलोचित भएका यी बनमन्त्री अहिलेफेरि चिनीया सहयोग प्राप्त अक्सिजनमा फोटो अंकीत गरेर सामाजीक सन्जाल देखि यत्रतत्र आलोचीत भईरहेका छन । बनमन्त्री आलेले चिनबाट प्राप्त भएको अक्सिजन सिलिण्डर मा आफुले सौजन्य गरेको भनी स्टीकर टासेर बितरण गरेपछि चर्चीत बनेका हुन । केही दिन अगाडि चिनीया सरकारले सहयोग गरेको अक्सिजन सिलीण्डरमा आलेले आफ्नो नाम र सौजन्य गरेको ब्...
अब को बिकल्प !

अब को बिकल्प !

राजनिती, विचार, समाज
पामेल उपाध्यय पसिनामा हाड घोट्ने इमान्दार मेहनती र आफ्नो पाखुरी मा बाच्न बानी परेका श्रमजीवी मानिसहरु पिठो को निम्ति आँसु बगाईरहेका हुञ्छन्। तिनै पिठो को निम्ति आँसु बगाएका निमुखा नागरिक हरुले राज्य लाई तिरेको कर, दुशित राजनीतिक भित्र स्वार्थलिप्त र नागरिक प्रती जिम्मेवारीबोध नभएका हरुबाट एकत्र पारी चाट्नेहरु नै अर्को तिर ऐस गर्छन्। भाग्य, मान्छे को ब्यबस्था बाट बन्छ वा कर्म बाट। मेहनत बाट वा इमान्दारीता बाट। वर्तमान देश को राजनीतिक अवस्था देख्दा सिद्धहस्त बिद्वानहरु पनि दोधार मा होलान्। माननीय र सम्माननीय पदवी हासिल गरेका र कयौं पटक सत्ता को रसपान स्वाद चाखेका र राज्यका अनेकौं निकायमा रहि मुलुक लाई सेवा पुर्याएका कर्मचारीहरुका आलेसान महल र जीवन शैलीका श्रोत पटक्कै खुलाउदैनन्। बिडम्बना नै मान्नु पर्छ, यस्ता अचम्म लाग्दा जीवन शैली का श्रोत खोज्ने निकायहरु मा राजनीतिक दल को झण्डा ओढ्नेहर...
किन गरे प्रधानमन्त्री ओलीले शपथ ग्रहणमा सत्य निष्ठापुर्वक ‘प्रतिज्ञा’ गर्न अस्वीकार ?

किन गरे प्रधानमन्त्री ओलीले शपथ ग्रहणमा सत्य निष्ठापुर्वक ‘प्रतिज्ञा’ गर्न अस्वीकार ?

ब्यानर समाचार, राजनिती, विचार
शरद रिजाल/काठमाण्डौँ, जेठ २ शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गर्दा अशोभनीय ब्यबहार देखाएपछि सामाजीक सञ्जाल देखी यत्रतत्र उनको टिकाटिप्पण्ी भईरहेको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्दै गर्दा किन प्रतिज्ञा गर्न अस्वीकार गरे ,भन्ने आमसर्बसाधारणलाई कौतुहुलता या शंशय देखिएको छ । उनले राष्ट्रपतिललाईे ‘‘ त्यो प्रदैन ’’ भनेर किन ईन्कार गरे। सर्बत्र चासो र चर्चाको बिषय बनेको छ । उनले उक्त अभिब्यक्ती दिईसकेपछि राष्ट्रपतिले हासेर प्रतिक्रीया दिएकी छन।संबैधानिक रुपमा यो राज्य बिरुद्दको अपराध हो । संबिधानबिद डा.भिर्माजुन आचार्यले संबिधान र राष्ट्रको स्वाधीनतालाइ गीज्याउनु राज्यबिरुद्दको अपराध गरेको भन्दै तत्काल संसदको बिशेष अबिधेशन बोलाएर कारबाही गर्न माग गरेका छन । यहा राष्ट्रपतिको उक्त प्रतिक्रीयाको र प्रधानमन्त्रीको अभीब्यक्तीको संबैधानीक र पदिय मर्यादाक...
ठूलो अर्थ त्यसले मात्र राख्छ, देश ले हार्नु हुँदैन

ठूलो अर्थ त्यसले मात्र राख्छ, देश ले हार्नु हुँदैन

राजनिती, विचार, समाज
पामेल उपाध्यय सिंहदरबारमा बसेर गर्न सक्ने तर, गर्न नचाहाको हो वा इच्छाशक्ति नभएको नेताहरु हो ! यो माहामारीमा मरिरहेका नागरिकहरु कुन पार्टीका हुन् ! ब्याक्तिगत स्वार्थ र मुलुक अधोगती को निम्ति एकजुट हुने स्वरहरु आज किन राष्ट्रिय समस्या आईपर्दा सामान्य छलफल र बैंठक सम्म चलाउने जागर देखाउदैन। कि बिज्ञप्ति निकाल्नु पर्यो, यी मर्ने नागरिकहरु मेरो पार्टीको होइन भनेर। विदेशी को गुलाम र दास बन्न को निम्ति जसरी हतारमा राष्ट्रिय सहमती बन्छ त्यसरी नै माहामारीमा नागरिकको बचाउँ को निम्ति राष्ट्रिय सहमती बन्नु पर्यो। लाचार र नामर्दपन को भिल्ला भिरेर जो कोहि ले पनि बाहादुरी को उपमा लिन सक्छ, होशियार। तीन तहका नेताहरु पाल्ने दलियतन्त्रका कार्यकर्ता हरुले बल्ल बुझ्दैछन् होलान्। उपचार र शिक्षा बाट वञ्चित हुनु परेको गरिव ले पनि बुझ्दै होला। भिडमा जम्मा भएर जीन्दावाद र मूर्दावाद को नारा लगाउने बेरोजगारी ल...
कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

ब्यानर समाचार, राजनिती, समाज, स्वास्थ्य
काठमाण्डौँ, वैशाख १३ आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिश गरेको निषेधाज्ञा बारे सरकारले निर्णय लिनसक्ने बताइएको छ । यसअघि सीसीएमसीले आइतबार शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको थियो । सीसीएमसीले जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्ने गरि निर्णय गर्न सरकारलाई सिफारिश गरेको छ ।...
गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, वैशाख ५ गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभभयाे । उहाँको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वत: पदमुक्त हुनुभएकाे हाे । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नुभएकाे थियाे । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले राेज्नुभएकाे थियाे । थापाको पद गुमेपछि अब उहाँले मन्त्री बन्न पुन: संविधानअनुसार सपथ लिनुपर्छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रति...
एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO)सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो प्रदेश परिषद सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO)सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो प्रदेश परिषद सम्पन्न

राजनिती, शिक्षा, समाचार, स्थानिय तह
खगेन्द्र अबस्थि/कैलाली एकीकृत अखिल नेपाल शिक्षक संगठन UANTO,सुदूरपश्चिम प्रदेश कमिटीले आफ्नो दोस्रो प्रदेश परिषद् बिस्तारित बैठक "राष्ट्रियता,लोकतन्त्र र संबैधानिक सर्बोच्चता हाम्रो अभियान! शिक्षक एकता,संघीय शिक्षा ऐन र समाजबादी शिक्षा नीति UANTO को पहिचान!!" भन्ने मुल नाराका साथ सु.प.को अस्थायी राजधानी धनगढी स्थित श्री त्रिनगर मा.बि.मा भब्यरुपले सम्पन्न गरेको छ।सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्ला बाट प्रतिनिधित्व गरि सहभागीको रुपमा २०५ संख्यामा प्रदेश पार्षद सदस्यको रुपमा शिक्षकहरुको उपस्थिति रहेको थियो। भेलामा प्रत्येक जिल्लाबाट रिपोर्टिङ ब्यबस्था समेत गरिएको थियो। दोस्रो प्रदेश परिषद् बैठकको सन्चालन प्रदेश महसचिब रतन प्रसाद जैसीले गर्नुभएको थियो भने अध्यक्षता प्रदेश अध्यक्ष दलबहादुर कार्कीले गर्नुभएको थियो।परिषद्को प्रमुख अथितीको रुपमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्...