Friday, April 24
Shadow

राजनिती

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु  : ओली

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २१ प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने घोषणा गरेका छन्। बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन्। ओलीले भने, ‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न।’...
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने  कांग्रेसको निर्णय

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डिला संग्राैलाले बताइन्। प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसले निर्णय गरेको अर्का केन्द्रीय सदस्य प्रदीप पाैडेलले बताए। उनका अनुसार नयाँ सरकार गठनका लागि अग्रसरता लिने पनि बैठकले निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यालाय सानेपामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागी छन्।...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समसामयिक राजनीतिक विषय र आगामी १४ औं महाधिवेशको विषयमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।...
सिसडोलवासिको आन्दोलनमा कांग्रेस नेता महत र केसिको पनि समर्थन (भिडियो सहित)

सिसडोलवासिको आन्दोलनमा कांग्रेस नेता महत र केसिको पनि समर्थन (भिडियो सहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, चैत्र १८ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोटको सिसडोलमा काठमाण्डौँको फोहोर विसर्जन गर्दै आएको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा चैत्र १३ शुक्रबार देखि त्यहाँका स्थानिय आफूहरु संग भएको सम्झौँता कार्यान्वयन नभएको भन्दै आन्दोलन गरिरहेका छन् । सो आन्दोलनलाई समर्थन गर्न नेपाली कांग्रेसका नेताहरु पनि त्यहाँ पुगेका छन् । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महत, नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसि, नेपाली कांग्रेसका युवा नेता रमेश कुमार महतले सिसडोलवासिको आन्दोलनलाई समर्थन जनाएका छन् । भएका सम्झौँता कार्यान्वयन नहुनु र्दुभाग्य हो, त्यसका विरुद्ध आवाज उठाउनुस् : डा. महत सरकार र प्रभावित क्षेत्र बिच भएका सम्झौँता अझै पनि कार्यान्वयन नहुन...
अग्रगमन का अरवे क्रान्तिकारी मित्रहरु !

अग्रगमन का अरवे क्रान्तिकारी मित्रहरु !

राजनिती, विचार, सम्पादकीय
पामेल उपाध्यय बाल्यकाल मै सुनेको क्रान्ती, वलिदान, वर्गसंघष, साम्यवाद, जीन्दावाद, मूर्दावाद को नारा बिर्सन सक्तैन। यस्को भूत सवार जिवितै हुञ्छ। स्कुले जीवन सकेर कलेज पुग्ने बित्तिकै हाजिर हुन नपाउदै पढाइ छाडेर बन्द हड्ताल गर्दै चोक गल्ली हाट बजारमा, सोभियत कालिन अग्रगमन का भाषण गर्दै जन्म दिने आमा, कर्म दिने बुबा, शिक्षा दिने गुरु र पुरै समाज लाई शत्रु ठान्न पुग्दछ। अन्तत: करदाता र मतदाता मा परिणत भएको उस्को राजनीतिक, विदेश यात्रा नै अन्तिम गन्तव्य बन्न पुग्दछ। तर, आफू मा सवार भएको साम्यवाद को भूत लाई सफल पारी आमा बुबा गुरु र समाज लाई गलत सावित जो गर्नु छ। बिदेश र परिश्रम यस्तो चिज हो जहाँ सेकेण्ड को महत्त्व हुञ्छ। उस्लाई रातभरी निन्द्रा लाग्दैन। ऊ मेहनती छ। नशा नशामा क्रान्तिका भ्रुण हरु दौडिरहेका हुञ्छन्। दक्षिणपन्थी र साम्यवाद को व्याख्या र फरक छुट्टयाउने अथाहा ज्ञान को भण्डार छ। ग्...
साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, चैत्र १७ प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो । ‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो ।...
सिसडोलवासिको आन्दोलन, हेर्नुहोस् कस्ले के भने (भिडियो सहित)

सिसडोलवासिको आन्दोलन, हेर्नुहोस् कस्ले के भने (भिडियो सहित)

ब्यानर समाचार, राजनिती, विचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
राजेन्द्र गजुरेल/काठमाण्डौँ, चैत्र १४ नेपाल सरकारले विगत १६ बर्ष देखि नुवाकोट सिसडोलका बासिन्दालाई विकासको आशा देखाएर फोहोर विसर्जन गरिरहेको छ। विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन सकिदैन भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन्। सोहि क्रममा शुक्रबार पनि त्यहाँका स्थानिय आन्दोलनमा उत्रिएका छन् । आन्दोलनलाई सर्मथन जनाउँनका लागि नुवाकोटका संघिय सांसद, बाग्मती प्रदेशका उप सभामुख, स्थानिय जनप्रतिनिधि लगाएतको उपस्थीति रहेको थियो । त्यहाँ कस्ले के भने त  :    माग पुरा नभए आन्दोलनमा जनता उतारेर त्यसको नेतृत्व म आफैँ गर्छु : संघिय सांसद हित बहादुर तामाङ आन्दोलनमा हामि संग कुरा गर्दै नुवाकोट क्षेत्र नं १ का संघिय सांसद हित बहादुर तामाङले अहिले आफू जनताले बोलाएर आन्दोलनलाई सर्मथन गर्न आएको तर यस पटक पनि काठमाण्डौँ महानगरपालिका र प्रभावित क्षेत्र संग भएको सम्झौँता पु...
जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

पत्रपत्रिका, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत १२ । जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो । ‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ । भेटमा प्रधानमन्त्रीले जसपाका नेताहरुसँग सरकारमा आउन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुहोस्, तपाईंहरुले उठाएका माग पूरा गर्छु भन्नु भयो,’...
पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ :  प्रचण्ड

पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ : प्रचण्ड

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ११ ।”नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताएका हुन् । “पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छफलमै छौँ”, अध्यक्ष दाहालले भने । उनले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मक रुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए । अध्यक्ष दाहालले एक भएका दुई कम्युनिष्ट पार्ट...
प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दियो, सरकारमा पुगेपछि ठेगान लगाइन्छ :  देउवा

प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दियो, सरकारमा पुगेपछि ठेगान लगाइन्छ : देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिइरहेको आरोप लगाएका छन् । आज ९मंगलबार० सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रि जातीय विभेद उन्मुल दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै देउवाले नेपाल प्रहरीको आचरणविरुद्ध खुलेरै विरोध जनाए । देशभरका जनता कांग्रेस हुनेक्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेस किन भइस, भन्दै प्रश्न गर्ने, पक्राउ गर्ने अनाहकमा हिरासतमा राख्ने क्रम बढेको भन्दै देउवाले प्रहरीको आचरण सुधार गर्न आग्रह गरेका छन् । उनले अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपश्चात ठेगान लगाउने समेत चेतावनी दिए । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठ...