धादिङ प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) उमेश कुमार श्रेष्ठको उम्मेदवारी घोषणा
काठमाण्डौँ, असोज १०
नेपाली कांग्रेस धादिङका युवा नेता उमेश कुमार श्रेष्ठले आसन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) को उम्मेदवारी घोषणा गरेका छन् ।
धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ विशालनगर,आरूघाट निवासी नेपाल तरूण दल साविक क्षेत्र नं. १,धादिङका पूर्व क्षेत्रिय अध्यक्ष समेत रहेका श्रेष्ठ धादिङका यूवाहरूका विच लोकप्रिय रहेका छन्।विभिन्न सामाजिक संघ संस्था र अभियानहरू मार्फत समाजसेवामा समेत संलग्न रहनुभएका तरूण नेता श्रेष्ठ त्यस क्षेत्रका जनताको प्रत्यक्ष सुख:दुखमा साथ दिने सहयोगी तथा परोपकारी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। आदिवासी जनजाति समुहवाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पार्टीको संगठनलाई सुदृढ,बलियो र व्यवस्थित बनाउन आफुले उक्त पदमा उम्मेदवारी ...









