राप्रपा चन्द्रागिरिनगरको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न
काठमाण्डौँ, कार्तिक १७
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिकाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शुभ दिपावली, नेपाल संवत ११४२, छठ पर्व लगाएत नेपाली चाडपर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम क्षेत्र नं ९ प्रदेश ख, क्षेत्र नं १० प्रदेश ख र चन्द्रागिरि नगरपालिका कमिटिको संयुक्त आयोजनामा आज (बुधवार) उक्त कार्यक्रम सम्पन्न भएको हो ।
लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन...









