Saturday, May 18
Shadow

राप्रपा चन्द्रागिरिनगरको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक १७
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिकाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शुभ दिपावली, नेपाल संवत ११४२, छठ पर्व लगाएत नेपाली चाडपर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम क्षेत्र नं ९ प्रदेश ख, क्षेत्र नं १० प्रदेश ख र चन्द्रागिरि नगरपालिका कमिटिको संयुक्त आयोजनामा आज (बुधवार) उक्त कार्यक्रम सम्पन्न भएको हो ।

लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन् । सोहि अभियानबाट अभिप्ररित भई युवाहरु एक भई चन्द्रागिरिमा राप्रपालाई बलियो पार्टीको रुपमा स्थापित गर्ने उद्देश्यका साथ अन्य पार्टीमा संलग्न भएका र स्वतन्त्र रहेका युवाहरु पार्टीको संगठनमा आवद्ध भईरहेका छन् ।

राप्रपा चन्द्रागिरि नगर अध्यक्ष रन्जन गिरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवम् राप्रपा नेता बिक्रम बहादुर थापा, विशेष अतिथि राप्रपा काठमाण्डौँ जिल्ला अध्यक्ष नवराज सिम्खडा, महानगर अध्यक्ष केदार बहादुर धमला, अतिथिहरु राप्रपा केन्द्रीय सदस्य देवेन्द्र प्रधान, राम कुमार रिजाल, लक्ष्मी देशार, इन्दिरा मिश्र, आशा लामा, क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की, क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठ, जिल्ला सदस्य मुरारी कार्की लगाएतका नेताहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थापाले शुभकामना आदानप्रदान गर्दै पार्टीको संगठनहरुमा नयाँ नयाँ युवाहरुले नेतृत्व लिदै गएको प्रति पार्टीले गर्भ गर्नुपर्ने बताए । साथै उनले आगामी दिनमा युवाहरुको नेतृत्वले आफ्नो ठाउँमा उल्लेखनीय योगदान दिनुपर्नेमा उनले जोड दिए । त्यस्तै राप्रपा काठमाण्डौँ जिल्ला अध्यक्ष नवराज सिम्खडाले शुभकामना प्रदान गर्दै, उनले पार्टीको हरेक तह र तप्कामा सबैलाई समेट्न सक्ने, पार्टीको मर्म र भावनालाई आत्मसाथ गर्दै नेतृत्व गर्न सक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिए । साथै काठमाण्डौँ जिल्लामा सबै एक भएर अगाडी बढ्न सके मात्र आगामी निर्वाचनहरुमा आफ्नो पार्टीलाई निर्वाचित गराउन सकिने उनले बताए ।

क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्कीले शुभकामना व्यक्त गर्दै, पार्टीमा लामो समय योगदान दिएका र पछिल्लो समय निष्क्रिय रहेकालाई आज सम्मान गर्न पाएकोमा खुसि व्यक्त गरे । संगठन बलियो नभए सम्म पार्टी बलियो नहुने भएकाले नेतृत्वमा रहेकाहरुले अब संगठन तिर ध्यान दिन समेत अनुरोध गरेका छन् । देशमा नै युवाहरु रोजगारी चाहने भएकाले अबका दिनमा युवाहरुको भविष्यबारे पनि पार्टीले सोच्नु पर्ने उनले बताए । साथै उनले चन्द्रागिरि नगरपालिकामा राप्रपालाई एउटा शक्तिको रुपमा स्थापित गर्नको लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका अभियान नगरमा संचालन गरिरहेको उनले बताए । उक्त अभियानले पक्कै पनि यस नगरमा राप्रपा पनि अन्य पार्टी संग टक्कर लिग्न सक्ने उनले बताए । पार्टी भित्र नै एकतालाई भङ्ग गर्ने किसिमका कार्यहरु भईरहेको समयमा उक्त कार्यको अन्त्य यस नगरबाट गर्नु पर्नेमा उनले जोड दिए ।

त्यस्तै क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले स्वागत मन्तव्य राख्दै हाम्रा धर्म संस्कृतिमाथि आक्रमण भईरहेको बेला अब सम्पूर्ण राष्ट्र प्रेमी नेपाली एक जुट भएर आफ्नो धर्म संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रमको समापन गर्दै नगर अध्यक्ष गिरिले शुभकामना प्रदान गर्दै आगामीे निर्वाचनको लागि सम्पूर्ण एक जुट भएर लाग्नु पर्ने समय आएको बताए । साथै नगर र वडा स्तरमा राप्रपालाई विजयी गराउनको लागि सबैले सोहि अनुसारको तयारीमा जुट्न पनि आग्रह गरेका छन् ।

कार्यक्रममा लामो समय पार्टीमा योगदान दिएकाहरुलाई खादा र मालाद्धारा सम्मान समेत गरिएको थियो । कार्यक्रममा अन्य उपस्थीतहरुले शुभकामना आदान प्रदान गर्दै राप्रपालाई छिट्टै नै चन्द्रागिरि नगरपालिकामा एउटा शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । कार्यक्रम नगर कमिटि सदस्य अनिता ठकुरीले संचालन गर्नुभएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares