Thursday, April 25
Shadow

राप्रपा चन्द्रागिरिमा युवा आर्कषण बढ्दो


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक १६
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरमा युवाहरुको पार्टीमा आर्कषण बढ्दै गएको छ । सोमबार चन्द्रागिरि वडा नं १५ कमिटिले आयोजना गरेको शुभ दिपावली, नेपाल संवत ११४२, छठ पर्व लगाएत नेपाली चाडपर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा युवाहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।

लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन् । सोहि अभियानबाट अभिप्ररित भई युवाहरु एक भई चन्द्रागिरिमा राप्रपालाई बलियो पार्टीको रुपमा स्थापित गर्ने उद्देश्यका साथ अन्य पार्टीमा संलग्न भएका र स्वतन्त्र रहेका युवाहरु पार्टीको संगठनमा आवद्ध भईरहेका छन् ।

चन्द्रागिरि वडा नं १५ का राप्रपा नेता रङ्ग प्रसाद मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य एवम् युवा नेता देवेन्द्र प्रधान, विशेष अतिथि क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की, अतिथिहरु केन्द्रीय सदस्य राम कुमार रिजाल, क्षेत्रिय अध्यक्ष जित बहादुर लामा, क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठ, नगर अध्यक्ष रन्जन कुमार गिरि, जिल्ला सदस्य मुरारि कार्की, वडा कमिटि अध्यक्ष लक्ष्मी थापा भण्डारी, युवा संघ वडा अध्यक्ष अजम्बर राउत, उपाध्यक्ष प्रितम श्रेष्ठ लगाएको उपस्थीति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानले शुभकामना आदानप्रदान गर्दै पार्टीमा युवाहरुको प्रवेश उत्साहजनक भएको बताए । साथै आगामी दिनमा यस वडामा मात्र नभई चन्द्रागिरि नगरमा नै युवाहरुलाई प्राथमिकताको साथ पार्टीमा स्थान दिनुपर्ने उनले बताए । त्यस्तै विशेष अतिथि कार्कीले शुभकामना प्रदान गर्दै, आगामी स्थानिय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकामा अन्य ठूला पाटीलाई राप्रपाले टक्कर दिएर बराबरीको अवस्थामा ल्याउने कार्यको सुरुवात आजैबाट वडा नं १५ बाट सुरु भएको बताए । पार्टीमा निष्क्रिय भएका र केहि गर्छु भन्ने जोस जागर भएका युवाहरुलाई समेट्दै जाने हो भने चन्द्रागिरि नगरपालिकामा राप्रपा छिट्टै एउटा शक्तिको रुपमा आउने उनले बताए ।

कार्यक्रममा शुभकामना प्रदान गर्दै केन्द्रीय सदस्य राम कुमार कार्कीले पार्टीमा युवाहरुको प्रवेश र आकर्षणले आगामी दिनमा पार्टी शक्तिशाली बन्ने विश्वास व्यक्त गरे । त्यस्तै नव गठित राप्रपा युवा संघका वडा उपाध्यक्ष प्रितम श्रेष्ठले शुभकामना प्रदान गर्दै आफूहरु पार्टी मार्फत समाज र देशका लागि केहि गछौँ भन्ने जोस जागर बोकेर पार्टीमा प्रवेश गरेको बताए । देशको राजनिति अवस्था डामाडोल हुदै गए पछि अब हामि युवाहरुले पनि राजनिति मार्फत नै केहि गर्नुपर्छ भन्ने उद्देश्यका साथ यस पार्टीमा आवद्ध भएको उनले बताए ।

कार्यक्रममा अन्य उपस्थीतहरुले शुभकामना आदान प्रदान गर्दै राप्रपालाई छिट्टै नै चन्द्रागिरि नगरपालिकामा एउटा शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । कार्यक्रम नगर कमिटि सदस्य अनिता ठकुरीले संचालन गर्नुभएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares