Thursday, March 28
Shadow

पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुग्यो : नेता सिंह


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक १४
नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमानसिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रीक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताउनु भएको छ । उहाँले पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुगेको टिप्पणी गर्नुभयो । पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताउनु भयो ।

‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समधान गर्ने हो’ नेता सिंहले भन्नु भयो‘बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ ।’पाटि भित्र का भजन मन्डलिका ले नेत्त्रित्वलाई अलमल्ल मा पारिरहेकाे समेत बताउनु भएकाेछ ।

आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले काँग्रेसको इतिहास राम्रो छ, भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाईदिने बताउनु भयो । इतिहास राम्रो छ, अझै राम्रो गर्नका लागी सबै नेता कार्यकर्ता लाग्नु पर्ने उहाँको धारण रहेको छ ।

उहाँले १३ औ महाधिवेशन पछि काँग्रेस इतिहासको कम्जोर अवस्था आईपुगेको बताउनु भयो । अहिले कै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी बर्तमान नेतृत्वले लिनुपर्ने उहाँको भनाई छ । विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उहाँले आरोप लगाउनु भयो ।केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागी धाधली गरेको उहाँले बताउनु भयो । साथै उहाँले सदस्याता वितरणमा केही पुराना काँग्रेसीहरुलाई अन्याया भएको समेत बताउनु भयो । तपाई हामीले नै हो हाम्रो संस्कृति सम्पदा बचाउने हो । विकास निमार्णका काममा हाम्रा संस्कृतिहरु मस्न हुँदैन । हाम्रो संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्दछ ।

पार्टीभित्रको बेथीती र विकृत अन्त्यका लागी नयाँ पूस्ता आउनु पर्ने उहाँको धारण थियो ।विधि र पद्धतीको पालना गर्नु पर्छ भन्ने पार्टीले नै विधीको शाशन मान्न छोेड्यो भने जनताले विश्वास नगर्ने उहाँले टिप्पणी गर्नुभयो ।देशमा लोकतन्त्र जोगाउनको लागी पनि काँग्रेस भित्र विधिपद्धती जोगाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

‘देशमा लोकतन्त्र जोगाउनको लागी पनि काँग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टी भित्र विधिपद्धतीको स्थापना गर्नुपर्दछ ।’उहाँले थप्नुभयो ‘त्यसो गर्न नसके प्रजापरिषद्को बाटोमा नेपाली काँग्रेस जान्छ ।’ त्यस्तै नेता सिंहले आगामी महाधिबेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफु तयार रहेको बताउनु भयो । पार्टीलाई वडा देखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागी आफु सभापति बन्नु पर्ने उहाँको तर्क थियो । पार्टीको तल्लो तह देखि नै संघर्ष गर्दै आएकाले सबैको दुख र संघर्ष बुझ्ने क्षमता भएको आफु एक्लो नेता भएको उहाँको दाबी थियो ।

‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडी राखेर जतिसक्दो राम्रो काम गरेपनि जनताले पताउँदैनन् ।’ उहाँले भन्नु भयो ‘लोकतन्त्र जोगाउनको लागी नेतृत्व परिवर्तन आवश्यक छ । विधि र पद्धती जोगाउनको लागी पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’ आफुलाई विगतमा पनि चुनाव लड्छु भन्दा कसैले नपत्ताएको तर पछि भोट गणना गर्दा क्षमता देखेको उहाँले स्मरण गर्नु भयो । काठमाडौंका नागरिकले प्रकाशमानले हेर्दै हेर्दैन भन्ने बाहिरी जनताले यो त काठमाडौंको मात्र हो भन्ने गरेको उहाँले गुनासो व्यक्त गर्नु भयो । उहाँले आफु देशका ७७ जिल्लामा नै पुगेको र सबै जनताको दुख बुझेको बताउनु भयो । आफुले देशका सवै क्षेत्रका जनताको सेवा गरिरहेको र गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । सबै क्षेत्रका जनता र पार्टी कार्यकर्ताको सभापतिको उम्मेदवार आफु मात्र भएको उहाँले बताउनु भयो । पार्टीलाई विधि सम्वत तरिकाले अगाडी बढाउनको लागी नेता कार्यकर्ताहरुले आफुलाई साथ दिनु पर्ने उहाँको भनाई थियो ।

फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अबस्था सिर्जना भएको दाबी गर्नुभयो । उहाँले अदालत लगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर समेत गर्नु भयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares