Sunday, April 28
Shadow

फुट्ने होईन जुट्ने भन्ने उद्देश्यका साथ राप्रपा चन्द्रागिरिद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक १०
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरिले विजया दशमी, शुभ दिपावली, नेपाल संवत एवम् छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्मपन्न गरेको छ । बुधवार आज पार्टीका नेता मदन थापामगरले त्रिभुवन पार्क थानकोटमा उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

लामो समय पार्टीमा सक्रिय राजनिति गरेकाहरु पछिल्लो समय पार्टी नेतृत्वमा रहेकाहरुको गतिविधिका कारण विचलित भई निष्क्रिय रहेकाहरुलाई पुन सक्रिय राजनितिमै फर्काउनका लागि फुट्ने होईन जुट्ने, छरिएकालाई समेट्ने हामि सबै एक भई राप्रपालाई बलियो बनाउने भन्ने मुल नाराका साथ काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की र काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठले अभियान नै संचालन गरिरहेका छन् । सोहि कार्यहरु मध्ये आजको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम पनि एक महत्वपूर्ण भएको क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष कार्कीले बताए । पार्टीमा एकताको अभावका कारण आफ्नै मान्छेहरु अन्य पार्टीमा जान थाले पछि अब उक्त कार्यलाई रोक लगाई राप्रपामै रहिरहने वातावरण सिर्जना गर्ने उदेश्य आफूहरुको रहेको कार्काीले बताए । साथै उनले आगामि दिनमा अन्य पार्टीका नेता तथा कार्यकर्ता समेत आफ्नो पार्टीमा आउने वातावरण सिर्जना गर्ने तर्फ लाग्न सबै नेता तथा कार्यकर्ताहरुलाई अनुरोध समेत गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि राप्रपाका वरिष्ठ नेता धवल शंम्सेर राणा, राप्रपा युवा संगठन केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, काठमाण्डौँ जिल्ला पूर्व अध्यक्ष श्याम प्रसाद घिमिरे, केन्द्रीय सदस्य राम कुमार रिजाल, देवेन्द्र प्रधान, उत्तम लामा, काठमाण्डौँ क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कुमार कार्की, काठमाण्डौँ क्षेत्र नं १० प्रदेश ख का अध्यक्ष अजय श्रेष्ठ, चन्द्रागिरि नगर अध्यक्ष रन्जन गिरि लगाएतका नेताहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता राणाले चाडपर्वको शुभकामना दिदैँ आसन्न पार्टीको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सबै एक जुट भएर लाग्न अनुरनेध गरेका छन् । पार्टी नेतृत्वकै कारण राप्रपा पछि पर्दै गएको उनले बताएका छन् । अब पार्टीको विधान संसोदन गरी स्थानिय तह देखि केन्द्र सम्म पार्टीलाई बलियो बनाउन सक्ने नेतृत्वको आवश्यक रहेको उनले बताए । साथै आगामी दिनमा पार्टीले नयाँ नेतृत्व पाउने वित्तिकै सबैलाई समेट्ने निति बनाई अगाडी बढ्ने भएकाले कोहि पनि विचलित नहुन आग्रह गरेका छन् ।

राप्रपा युवा संगठन केन्द्रीय अध्यक्ष प्रकाश रिमालले शुभकामना प्रदान गर्दै पार्टीको नेतृत्व देखि हरेक संगठनमा युवा वर्गलाई प्राथमिकता राख्नु पर्ने कुरालाई जोड दिए । संगठन बलियो भए मात्र पार्टी बलियो हुने भएकाले सबै एक जुट भएर पार्टीको नयाँ नेतृत्व चयनमा लाग्नु पर्ने बताए । त्यस्तै काठमाण्डौँ जिल्ला पूर्व अध्यक्ष श्याम प्रसाद घिमिरेले शुभकामना प्रदान गर्दै राप्रपा पार्टी धेरै पछि परिसकेको बताए । उनले अघिल्ला चुनावहरुमा सन्तोसजनक नतिजा ल्याईरहेको पार्टी अहिले स्थानिय देखि केन्द्र सम्ममा जित हासिल गर्न नसक्ने अवस्थामा पुगेकाले अबका दिनमा सबै एक जुट भई लाग्नु पर्ने बताए ।

केन्द्रीय सदस्य राम कुमार रिजालले पार्टी भित्रका विवादका कारण आफूहरु पछि पर्नु परेको बताए । जनताका भावना अनुसार पार्टीले काम गर्न नसकेका कारण पनि जनताको विश्वास गुमाउनु परेको उनले बताए । आसन्न महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिएर जन भावना अनुसारको काम गर्नु पर्नेमा उनले जोड दिए । त्यस्तै चन्द्रागिरि नगर अध्यक्ष रन्जन गरिले शुभकामना प्रदान गर्दै अब आउने स्थानिय चुनावमा चन्द्रागिरि नगर प्रमुख र उप प्रमुख राप्रपाले जित्ने तयारी गरिरहेको उनले बताए ।

कार्यक्रममा अन्य वत्ताहरुले शुभकामना प्रदान गर्दै पार्टी भित्र सबैलाई समेट्न सक्ने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares