Saturday, April 20
Shadow

मनोरञ्जन

दोश्रो काब्य म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ मनोनयन, हेर्नुहोस् सूचि सहित

दोश्रो काब्य म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ मनोनयन, हेर्नुहोस् सूचि सहित

मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौँ, असार १३ ।  काब्य म्युजिक प्रा.लिको आयोजना हुन् गैरहेको दोश्रो काब्य म्युजिक अवार्ड २०८० को मनोनयन केहि दिन अगाडि सार्बजनिक भएको छ । आयोजकको अनुसार २०८९ सालबाट सुभारम्भ भएको यस अवार्डको दोश्रो संस्करण यहि आउँदो  असार २३ गते निकै भव्यताका साथ उक्त कार्यक्रम चलचित्र विकास बोर्डको हल चाबहिलमा सम्पन्न हुने कुरा आयोजक कमिटीका कार्यक्रम ब्यबस्थापक शम्भु नेपालले जानकारी दिएका छन् । “गित संगीत र साहित्यको संगम,अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु भएको यो अवार्ड नेपालमा भइरहेका म्युजिक अवार्डमध्ये छुट्टै इतिहास बोकेको र अरु भन्दा फरक हुनेछ कार्यक्रम ब्यबस्थापक नेपालको भनाइ छ । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले नियमित आयोजना हुँदै आएको यस अवार्ड स्रष्टा र सर्जकहरूलाई प्रोत्...
सञ्चारकर्मी सरोज लामिछानेको “खोली तरेको” सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी सरोज लामिछानेको “खोली तरेको” सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी, काठमाडौं, असार १३ । सञ्चारकर्मी, सर्जक तथा गायक सरोज लामिछानेको “खोली तरेको” नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । सरोज लामिछाने र बिमला मगरको जादुमय स्वर रहेको गीतमा सर्जक सन्तोष लामिछानेको शब्द र संगीत रहेको छ भने गीत एरेन्ज रामकृष्ण थापाले गरेका हुन् । गीत अहिले यो समाचार तयार पार्दा सम्म युट्युबको ट्रेन्डिङ्ग नम्बर २४ मा आएको छ । “खोली तरेको” गीतमा सरोज लामिछाने र रीना थापा मगरको  दमदार नृत्य एवं अन्यको अभिनय भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन बिराज फुयाँलले गरेका हुन् । यस अघि गायक लामिछानेको सालको पात हे माया टपरी दुना, धानको बाला लसरी पसरी, सानु माया हासेर बोल ,मुसौरी, सुन जस्तो पितल, नीर कमला लगायतका दर्जन बढी गीत दर्शक स्रोताले मन पराएका थिए । यस अघिका अधिकांश गीत लोकप्रिय बनिसकेकोले अहिले सार्वजनिक गीत “खोली तरेको” पनि लोकप्रिय बन्ने गायक लामिछा...
गायक प्रकाश सपूत माथि युरोपको एक साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार

गायक प्रकाश सपूत माथि युरोपको एक साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं ,११ असार । लोक तथा दोहोरी गायक प्रकाश सपूत माथि युरोपमा भएको साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार भएको छ । कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपूतलाई बोत्तलले प्रहार गरिएको हो । उनी माथि बोत्तल प्रहार गरिएको भिडियो यतिबेला सामाजिक सन्जालामा भाईरल भएको छ । घटनाको केही बेर पछि सपूत फेरि स्टेज चढेर गीत गाए र बोत्तल फाल्नेलाई केही नगर्नुहोला भनेर माफी दिए र मिल्छ भने शो पछि भेट्न पनि आग्रह गरे । सपुत एक नेपाली गायक, सङ्गीतकार, मोडल र अभिनेता हुन्, जो नेपाली लोक सङ्गीतमा आफ्नो योगदानका लागि परिचित छन् । उनी आफ्नो सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउनका लागि परिचित छन् ।...
राम स्याङ्तानको लयमा चर्चित वाइबा,मनिशा र नबराजको “फूल फुलेर मन्द” सार्वजनिक

राम स्याङ्तानको लयमा चर्चित वाइबा,मनिशा र नबराजको “फूल फुलेर मन्द” सार्वजनिक

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी, काठमाडौं, असार ११ । चर्चित वाइबा,मनिशा खड्का र नबराज गौतमको नयाँ लोकदोहोरी गीत “फूल फुलेर मन्द” सार्वजनिक भएको छ । गायिका खड्काको प्रस्तुति रहेको गीतमा राजेश ढकालको शब्द , थेगो अनिश सत्शंकरको रहेको छ भने राम स्याङ्तानको संगीत रहेको छ । “फूल फुलेर मन्द” बोलको गितलाई मिक्सिङ्ग कुमार सानु पुनको छ, एरेन्ज बिष्णु तामाङको रहेको यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सन्तोष तिमिल्सिना ले छायांकन गरेको म्युजिक भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन रोशन धिताल को रहेको छ । म्युजिक भिडियोमा प्रकाश तामाङ राज,सन्तोषी थापा,मुना भुर्तेल र दिपेश ढकाल लगायत अन्यको अभिनय रहेको छ । “फूल फुलेर मन्द” गीतको भिडियोलाई राम स्याङ्तान अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्...
रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको “जाँउ घुम्न रसुवा” सार्वजनिक (भिडियो सहित)

रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको “जाँउ घुम्न रसुवा” सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं, असार १० । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा राष्ट्रिय संगितकर्मी संघ कालिका गा.पा रसुवाको प्रस्तुतिमा नयाँ गीत “जाँउ घुम्न रसुवा” बोलको गित बजारमा सार्वजनिक भएको छ । “जाँउ घुम्न रसुवा” बोलको गितमा चर्चित गायक रेशम थापा,पर्बती कार्की र रामकुमार देवकोटाको सुमधुर आवाज रहेको छ । यो गीतमा शब्द गायकद्वय थापा र देवकोटाले संकलन गरेका छन् भने संगीत भिम बगाले र रामकुमार देवकोटाको रहेको छ । यस गितलाई एरेन्ज आर.के मिलनले दिएका छन् । “जाँउ घुम्न रसुवा” बोलको लोक दोहोरी भाकालाई काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निरेन श्रेष्ठको निर्देशन,छायांकन सरोज शाहीको रहेको छ भने सम्पदान कलर राजकुमार मगरको रहेको म्युजिक भिडियोमा भिम बगाले,दावा फिन्जो तामाङ,श्याम माया गुरुङ(तामाङ) र दीक्षा...
‘किनारा’ बोलको गीतले चर्चा बटुल्दै (भिडियोसहित)

‘किनारा’ बोलको गीतले चर्चा बटुल्दै (भिडियोसहित)

खेलकुद, मनोरञ्जन
काठमाडौं,असार ९ । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकार र सर्जकहरुले नयाँ(नयाँ गीतहरु बजारमा सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गितकार निरोज भट्टको प्रस्तुतिमा नयाँ गीत “किनारा” डिजिटल बजारमा सार्वजनिक गरेका छन् । “किनारा” बोलको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्वाधिक चर्चामा रहन सफल भएका छन् । निरोज भट्टको शब्द र गायक बेल्बासेको संगीत रहेको “किनारा” बोलको गीतले यति बेला चर्चा बटुलिरहेको छ । उक्त गीतमा गायक,सर्जक कुशल बेल्बासे र बहुचर्चित लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको छ । सार्वजनिक भएको गीत निरोज भट्टको शब्दमा र विश्वास नेपालको संगीत संयोजन रहेको छ । प्रकाश भट्टको निर्देशन छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पदान टेकेन्द्र शाहको रहेको म्युजिक भिडियो...
निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा” सार्वजनिक

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा” सार्वजनिक

ब्यानर समाचार 2, मनोरञ्जन
काठमाण्डौ– चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । एस के डिजिटल को युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ । झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने म्युजिक भिडियोमा सम्पादन क्यामोदिन ...
भारतमा कस्तो प्रदर्शन गर्दैछ ‘प्रेम गीत–३’

भारतमा कस्तो प्रदर्शन गर्दैछ ‘प्रेम गीत–३’

ब्यानर समाचार 2, मनोरञ्जन
सेप्टेम्बर २३ मा रिलिज गरिएको चलचित्र प्रेम गीत-३ ले भारतमा राम्रो व्यापार गरिरहेको छ । भारतका ३ सय बढी स्क्रिन तथा नेपालमा २ सय बढी स्क्रिन पाएको चलचित्रले भारतमा पहिलो दिनमा नै ९२ लाख भारु कमाएको थियो । दोस्रो दिनमा ८० लाख भारतीय रुपैयाँ कमाएको चलचित्रले तेस्रो दिन ९५ लाख भारु कमाएको थियो । चलचित्रले चौथो दिनमा ४५ लाख भारु कमाएको थियो भने पाँचौँ दिनमा आम्दानी घटेर ३५ लाख भारु पुगेको थियो । चलचित्रले भारतमा करिब ३.४७ करोड भारु कमाएको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । चलचित्रका निर्माताहरुले पहिलो सप्ताहको अन्त्यमा चलचित्रले विश्वभरबाट ११ करोड भारु कमाएको चलचित्रले यो हप्ता १५ करोड भारु कमाउने अपेक्षा गरेको पनि भारतीय सञ्चारमाध्यमको भनाइ छ ।  ...
‘हैट’ बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

‘हैट’ बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

ब्यानर समाचार 2, मनोरञ्जन
कलाकार बुद्धि तामाङ  र अनु थिङ वैवाहिक जीवनमा बाँधिएका छन् ।  तामाङ परम्परा अनुसार शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।...

ह्याक भयो गायक टंक बुढाथोकीको युट्युब च्यानल

मनोरञ्जन, समाचार
काठमाडौं - गायक तथा सङ्गीतकार टंक बुढाथोकीको युट्युब च्यानल ह्याक भएको छ । ह्याक भएसँगै च्यानलमा भएका सम्पूर्ण भिडिओ गायब भएका छन् । ह्याकरले उक्त च्यानल कब्जामा लिई नाम परिवर्तन गरेर ‘आर्क इन्भेस्टमेन्ट’ राखेको छ ।बिहीबार उक्त च्यानलमा एलन मस्को फोटो राखी नेपालमा प्रतिबन्ध‍ित बिट्क्वाइन र इथिरियम सम्बन्धी प्रचार भएको थियो । २२ लाख पचास हजारभन्दा बढी सब्सक्राइबर भएको सो च्यानलमा अहिले प्रचारका लागि राखिएको भिडिओ बाहेक अन्य भिडिओ गायब छन् । गायक बुढाथोकीले बिहीबार करिब १२ बजे उक्त च्यानलमा भएको ‘कसरी कसरी’ नामक गीतको लिंक फेसबुकमा शेयर गरेका थिए । त्यसको केही समयमा नै उक्त च्यानल ह्याक भई सम्पूर्ण भिडिओ गायब भएको पाइन्छ । पछिल्लो समय सब्स्क्राइबरको सङ्ख्या धेरै हुने च्यानलहरू एकाएक ह्याक हुने क्रम बढ्दो छ । यसअघि एपीवान टेलिभिजन, म्युजिक नेपाल, ओएसआर डिजिटल सगरमाथा टेलिभिजन लगायतका ...