Saturday, January 25
Shadow

सञ्चारकर्मी सरोज लामिछानेको “खोली तरेको” सार्वजनिक (भिडियो सहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी, काठमाडौं, असार १३ । सञ्चारकर्मी, सर्जक तथा गायक सरोज लामिछानेको “खोली तरेको” नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । सरोज लामिछाने र बिमला मगरको जादुमय स्वर रहेको गीतमा सर्जक सन्तोष लामिछानेको शब्द र संगीत रहेको छ भने गीत एरेन्ज रामकृष्ण थापाले गरेका हुन् ।

गीत अहिले यो समाचार तयार पार्दा सम्म युट्युबको ट्रेन्डिङ्ग नम्बर २४ मा आएको छ । “खोली तरेको” गीतमा सरोज लामिछाने र रीना थापा मगरको  दमदार नृत्य एवं अन्यको अभिनय भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन बिराज फुयाँलले गरेका हुन् ।

यस अघि गायक लामिछानेको सालको पात हे माया टपरी दुना, धानको बाला लसरी पसरी, सानु माया हासेर बोल ,मुसौरी, सुन जस्तो पितल, नीर कमला लगायतका दर्जन बढी गीत दर्शक स्रोताले मन पराएका थिए । यस अघिका अधिकांश गीत लोकप्रिय बनिसकेकोले अहिले सार्वजनिक गीत “खोली तरेको” पनि लोकप्रिय बन्ने गायक लामिछानेको अपेक्षा छ । साथै उनले सञ्चार क्षेत्रबाट पनि आफ्नो परिचय ब्यापक बनाएका छन् ।

गीत सञ्चारकर्मी सरोज लामिछानेकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

हेर्नुहोस् गीतको भिडियो :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares