काठमाडौं,असार ९ । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकार र सर्जकहरुले नयाँ(नयाँ गीतहरु बजारमा सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गितकार निरोज भट्टको प्रस्तुतिमा नयाँ गीत “किनारा” डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।
“किनारा” बोलको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्वाधिक चर्चामा रहन सफल भएका छन् । निरोज भट्टको शब्द र गायक बेल्बासेको संगीत रहेको “किनारा” बोलको गीतले यति बेला चर्चा बटुलिरहेको छ ।
उक्त गीतमा गायक,सर्जक कुशल बेल्बासे र बहुचर्चित लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको छ । सार्वजनिक भएको गीत निरोज भट्टको शब्दमा र विश्वास नेपालको संगीत संयोजन रहेको छ ।
प्रकाश भट्टको निर्देशन छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पदान टेकेन्द्र शाहको रहेको म्युजिक भिडियोमा शिशिर पौडेल र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।
उक्त गीत निरोज भट्टको अफिसियल यूट्यूब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।
हेर्नुस् भिडियो :
‘किनारा’ बोलको गीतले चर्चा बटुल्दै (भिडियोसहित)
- -इ
- इ
- इ+