Saturday, April 27
Shadow

गायक प्रकाश सपूत माथि युरोपको एक साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार


  • -इ
  • इ+

काठमाडौं ,११ असार । लोक तथा दोहोरी गायक प्रकाश सपूत माथि युरोपमा भएको साङ्गितिक कार्यक्रममा बोत्तल प्रहार भएको छ । कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपूतलाई बोत्तलले प्रहार गरिएको हो ।
उनी माथि बोत्तल प्रहार गरिएको भिडियो यतिबेला सामाजिक सन्जालामा भाईरल भएको छ ।

घटनाको केही बेर पछि सपूत फेरि स्टेज चढेर गीत गाए र बोत्तल फाल्नेलाई केही नगर्नुहोला भनेर माफी दिए र मिल्छ भने शो पछि भेट्न पनि आग्रह गरे ।

सपुत एक नेपाली गायक, सङ्गीतकार, मोडल र अभिनेता हुन्, जो नेपाली लोक सङ्गीतमा आफ्नो योगदानका लागि परिचित छन् । उनी आफ्नो सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउनका लागि परिचित छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares