Saturday, May 23
Shadow

जिवनसैली

मधुमेहका रोगीले खानै नहुने ८ खानेकुरा  हरु, यसबाट बच्न के गर्ने ?

मधुमेहका रोगीले खानै नहुने ८ खानेकुरा हरु, यसबाट बच्न के गर्ने ?

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ, मंसिर २६ दिनभरमा मधुमेहका रोगीले १६ सयदेखि १७ सय क्यालोरी लिनुपर्छ । मधुमेह नियन्त्रणका लागि सन्तुलित आहार हुनुपर्छ । साथै सहि समयमा खानपान गर्नुपर्छ । यसका साथै आफ्नो दिनचर्यामा व्यायाम र योग पनि सामेल गरियो भने मधुमेह नियन्त्रण हुन्छ । गुलियो मधुमेहको रोगीले गुलियो खानेकुराको सेवन गर्नु हुँदैन । कतिले गुलियो रुचाउँदैनन्, यद्यपी उनीहरुलाई मधुमेह भएको हुन्छ । त्यसैले गुलियो खानु नै मधुमेह हुने कारण मान्न सकिदैन । तर, यसले मधुमेहलाई बढाव दिन्छ । यी फलफूल फलमा केरा, स्याउ, आप, लिची, अंगुर सेवन गर्नु राम्रो होइन । यसका साथै फलको रस पिउनुभन्दा फल नै सेवन गर्नु ठीक हुन्छ । अधिक कार्बोहाइड्रेट र बोसोयुक्त अधिक कार्बोहाइड्रेट र वोसोयुक्त आहारले सुगर बढाउने संभावना अधिक हुन्छ । त्यसैले डाइटमा यस्ता खाद्य पदार्थ कम खानुपर्छ, जसमा कार्बोहाइड्रेट वा बोसोको मात्रा बढी ...
गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह सम्पन्न

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह सम्पन्न

जिवनसैली, समाज
काठमाडौ, मंसिर २६ पार्टी एउटै तर फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार पोखराको हेम्जास्थित याम्दी गुम्बामा सामाजिक परम्परा अनुसार विवाह भएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर ४७ र उपाध्यक्ष शर्मिला ४६ वर्षका छन् । आपसी प्रेमसम्बन्ध नभए पनि उनीहरुबीच चिनजान धेरै वर्षअघिको हो । विगतमा अन्नपूर्ण सरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका थिए । विवाहपछि अध्यक्ष कर्णबहादुरले भने, ‘दुवै अन्तरजिल्लाका जनप्रतिनिधि भएको र पार्टी पनि मिलेकोले विवाह गरेका हौं । आखिर विवाह एक उत्सव हो ।’ २०४६ सालको जनआन्दोलनपछि सँगै विद्यार्थी राजनीति सुरु गरेका उनीहरु दुवै पूर्व एमाल...
खाली पेटमा कागती पानी पिउनुका यति धेरै छन् फाइदा

खाली पेटमा कागती पानी पिउनुका यति धेरै छन् फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ, मंसिर २५ कागति स्वास्थ्यको लागि निकै नै लाभदायक मानिन्छ । खालि पेटमा कागति पानि खादा निम्न फाइदाहरु हुन्छन । १.  बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । २.  कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ । ३.  कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । ४.  शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ । ५.  कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ । ६.  कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ । ७.  बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पा...
राजतन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको भिड दिनानुदिन बढ्दै

राजतन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको भिड दिनानुदिन बढ्दै

जिवनसैली, समाज
काठमाडौ, मंसिर २५ पछिल्लो दिन राजतन्त्रको पक्षमा प्रदर्शनहरु बढ्न थालेका छन्। सनातन संस्कृति समाज नेपालले आज हिन्दु राष्ट्र पुर्नस्थापनाको माग राजधानीमा प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म 'राजा आउ, देश बचाउ' भन्दै प्रदर्शन गरिएको हो। राजसंस्थाको माग गर्दै भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। उनीहरुले संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए। कोरोना भाइरस संक्रमण यथावत् रहेको अवस्थामा दैनिक रुपमा बढ्दै गइरहेको प्रदर्शनमा स्वास्थ्य मापदण्ड पालना भने भएको छैन। र्‍याली र कोणसभाहरुमा भौतिक दुरीको पालना भएको छैन भने प्रदर्शनमा अधिकांश सहभागिहरुले मास्क लगाएको देखिँदैन।...
उच्च रक्तचाप र युरिक एसिड घटाउन के गर्ने ? हेर्नुहोस यस्ता छन् उपायहरु

उच्च रक्तचाप र युरिक एसिड घटाउन के गर्ने ? हेर्नुहोस यस्ता छन् उपायहरु

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ, मंसिर २४ उच्चरक्तचाप र युरिक एसिडको समस्या हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । खानपान जीवनशैलीले समेत असर गर्ने यस्ता समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमै परिवर्तन गर्नु लाभदायी हुन्छ । उच्चरक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरु : १. नून र चिल्लो पदार्थको सेवन कम गर्ने । २. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि । ३. मोटोपना घटाउने । ४. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने । ५. गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने । ६. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने । ७. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने । ८. नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने । यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु : ...
सपनामा मृत्यु भएका मानिस देखिन्छन् भने यस्तो हुनसक्छ कारण

सपनामा मृत्यु भएका मानिस देखिन्छन् भने यस्तो हुनसक्छ कारण

अचम्मका कुरा, जिवनसैली, समाचार, समाज
काठमाण्डौँ, मंसिर २४ जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ । यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनी...
मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २४ वैज्ञानिकहरुले मानिसको शरीरमा एक नयाँ अंग पत्ता लगाएका छन् । नेदरल्याण्डका वैज्ञानिकहरुले एक नयाँ क्यान्सरबारे खोज गरिरहेको बेला उनीहरुले घाँटीमा एक नयाँ अंग पत्ता लगाएका हुन् । खोजकर्ताहरुले मानिसको घाँटीको माथिल्लो भागमा ग्रन्थीहरुको एक समुह फेला पारेका हुन् । वैज्ञानिकहरुले शरीरमा पत्ता लगाइएको यस अंगको Tubarial salivary glands दिएका छन् । यसले नाकलाई ओसिलो बनाइ राख्न मद्दत गर्दछ । Radiotherapy and Oncology जर्नलमा प्रकाशित रिपोटका अनुसार वैज्ञानिकहरुले रेडिएसन उपचारको सन्दर्भमा ग्रन्थीहरुलाई प्रभावित पारिन्न जसले गर्दा मानिसहरुलाई फाइदा पुग्दछ । नेदरल्याण्डको एम्सटर्डमको क्यान्सर इष्टिच्यूटका वैज्ञानिकहरु प्रोस्टेट क्यान्सरको परीक्षणका लागि तयार गरिएको PSMA PET-CT नामको स्क्यानको परीक्षण गरिरहेका थिए । यसै बेला चिकित्सकहरु एक रेडियोएक्टिभ ट्रेसरको बिराम...
के कारणलेआउँछ सेतो दुवी ? यस्ता छन् बच्ने उपायहरु

के कारणलेआउँछ सेतो दुवी ? यस्ता छन् बच्ने उपायहरु

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ, मंसिर २४ शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुवी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुवी आउने आउँछ । सेतो दुवी रोग होइन तर मानिसहरु सेतो दुवीलाई रोग भन्दा ठूलो समस्याको रुपमा लिन्छन् । त्यसैले सेतो दुवी आएमा त्यसलाई हटाउन हरप्रयास गर्छन् । सेतो दुवीलाई सही तरिकाले उपचार गरेमा हटाउन पनि सम्भव छ । सेतो दुवीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र शल्यक्रिया औषधिको प्रयोग सेतो दुवीको उपचारका लागि खाने र दागमा लगाउने औषधि हुन्छ । सेता दागलाई निको पार्न दाग नभेटिएसम्म औषधि सेवन गर्नुपर्छ । सेतो दागको उपचारका लागि चिकित्सकले अनुमति दिएको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ । अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हु...
सर्पको टाउको अलग गरेर फ्याँक्न जाँदा त्यहि टाउकोले टोकेर हस्पिटल भर्ना

सर्पको टाउको अलग गरेर फ्याँक्न जाँदा त्यहि टाउकोले टोकेर हस्पिटल भर्ना

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, स्वास्थ्य
काठमाडौ, मंसिर २४ अमेरिकाको टेक्ससमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक व्यक्तिलाई सर्पको काटिएको टाउकोले डसेको छ । सर्पको विषको असरलाई कम गर्नका लागि ती व्यक्तिलाई औषधीको २६ डोज दिनुपर्यो । जेनिफर सटक्लिफले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार उनका श्रीमान् बगैंचामा काम गरिरहेका थिए, त्यति नै बेला उनले चार फुट लामो विषालु सर्प देखे । अप्रिय घटना हुनसक्ने भन्दै उनले सर्पको टाउको काटिदिए । जब उनी मरेको सर्पलाई फ्याँक्न गइरहेका थिए तब सर्पको काटेको टाउकोले उनलाई डस्यो । सर्प मरेको थुप्रै घण्टासम्म पनि त्यसको टाउको जिउँदो रहन सक्छ र यसले डस्न सक्छ । जेनिफरले सर्पले डसेलगत्तै उनका श्रीमानको शरिरमा विष फैलिएको बताइन् । त्यसपछि उनलाई कोपर्स क्रिप्टिस्थित उनको घरबाट विमानमा राखेर अस्पताल पुर्याइयो ।...
नौ महिना पछि मनकामना मन्दिर भक्तजनको लागि  खुल्ला  गरिदै

नौ महिना पछि मनकामना मन्दिर भक्तजनको लागि खुल्ला गरिदै

जिवनसैली, समाज
काठमाडौं, मंसिर २४ गोरखास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आइतबारदेखि खुल्ने भएको छ। कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेको मन्दिर मंसिर २८ गतेदेखि सुरक्षा मापदण्ड पालना गरी खुल्ला गर्न लागिएको हो। यसअघि मन्दिरमा दैनिक पूजारीले पुजाआजा गर्दै आएपनि भक्क्तजनलाई भने रोक लगाइएको थियो।...