
स्वास्थ्यवर्द्धक खान्की सलाद
काठमाडौं, असार १९ । खानाको पाठ्यक्रममा सलादको छुट्टै महत्व छ । सलाद मन नपराउने कमै होलान् । त्यसैले अधिकांशले दैनिक आहारमा सलाद समावेश गर्छन् । काँक्रो, गाँजर, मुला, प्याजको सानो टुक्रा खानाको साइडमा राख्नु नै सलाद हो । जुन हाम्रो दैनिक जीवनमा अपरिहार्य छ ।
सलादमा भिटामिन ‘ई’, भिटमिन ‘सी’ र फाइबर पर्याप्त पाइन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न, रगतमा चिनीको मात्रा कम गर्न, तौल घटाउन सलादको भूमिका रहन्छ ।
फ्रेन्च मेस्कुलन सलादस्यो सलाद बनाउन कलिलो खालको मिक्स लेटुस दुई सय ग्राम लिएर आइस वाटरमा धोएर सुक्खा क्रन्ची बनाउने । मस्टर्ड मेस्ट आधा चम्चा, रेड वाइन या सेरी भिनेगर दुई चम्चा, दुई ड्रप्स जैतुनको तेल र नुन, मरिच स्वादअनुसार हालेर ड्रेसिङ बनाई पत्तामा मिसाएर सर्भ गर्न सकिन्छ । यो सलाद विश्वभर लोकप्रिय छ । साइड सलाद होस् या अप्पिटाइजर, जसरी नि पस्कन सकिन्छ ।
...