Sunday, May 19
Shadow

जिवनसैली

नागरिक उड्डयन प्राधिकरणले गर्यो आठ पारा पाइलटलाई कारवाही

नागरिक उड्डयन प्राधिकरणले गर्यो आठ पारा पाइलटलाई कारवाही

जिवनसैली, समाचार, समाज
काठमाडौ, मंसिर २४ पाराग्लाइडिङ उडानमा लापरवाही गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आठ जना पारा पाइलटलाई कारवाही गरेको छ ।क्यानले उनीहरुलाई अनिश्चितकालका लागि उडानमा निषेध गर्दै तीन दिनभित्र काठमाडौंमा उपस्थित हुन पत्राचार समेत गरेको छ । ती पाइटलहरुले उडानको समयमा निषेध गरिएका क्रियाकलाप गरेको भन्दै क्यानले स्पष्टीकरणको लागि बोलाएको हो ।दुई साताअघि पोखरामा पाराग्लाइडिङ उडानकोक्रममा दुर्घटनामा परि पाइलट राजु विकको मृत्यु भएपछि विभिन्न तीनवटा समितिले छानबिन र अनुसन्धान गरिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा फूल टिपेर यात्रुलाई दिने क्रममा दुर्घटना भएको भनिएको छ । तर, कुनै पनि समितिले प्रतिवेदन बुझाइसकेका छैनन् ।उक्त दुर्घटनापछि नै क्यानले सोही गतिविधि दोहो¥याएको भन्दै आठ जना पाइलटलाई एकैपटक उडान निषेध गरि अनुसन्धानमा बोलाएको हो । अनुसन्धानमा बोलाइएका आठ पाइलटमध्ये एकजन...
टाइफाइड हुँदा कस्ता खानेकुरा खाने ?

टाइफाइड हुँदा कस्ता खानेकुरा खाने ?

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २३ टाइफाइड बिरामी साल्मोनेला टाइफी नामको ब्याक्टेरियाको संक्रमणबाट हुन्छ । यो बिरामी हुँदा शरीरमा रगतको कमी हुन थाल्छ । हाम्रो इम्यून सिस्टमलाई पनि कमजोर बनाउँदै कलेजोले पनि राम्रोसँग काम गर्न सक्दैन । यतिबेला उच्च ज्वरोले मानिसको पूरै शरीर तात्न थाल्छ । कैयौंपटक त डायरियाको समस्या पनि निम्तिन्छ । टाइफाइड हुँदा बिरामीलाई खास तरिकाको खानपिनमा ध्यान दिन चिकित्सक सल्लाह दिन्छन् । टाइफाइडहुँदा प्यास बढी लाग्ने हुँदा बिरामी डिहाइड्रेसनको शिकार पनि हुनसक्छ । डायरियाको समस्या पनि आउनसक्छ । यस्तो खतराबाट बच्न सबैभन्दा सरmल र उपयुक्त उपाय भनेकै तरल पदार्थ बढी प्रयोग गर्नु हो । दैनिक कम्तिमा ८ ग्लास पानी पिउनुपर्छ । नरिवलको पानी भएमा अझ बिरामीलाई टाइफाइडसँग लड्न सहयोग पुग्दछ । टाइफाडको ज्वरोबाट राहत पाउन छोगडा पनि एक उपयुक्त खाने कुरा हो । यसलाई युनानी औषधिको रुपमा पनि मा...
साँचो प्रेम पाउन अपनाउनुहोस यी १० उपाय

साँचो प्रेम पाउन अपनाउनुहोस यी १० उपाय

जिवनसैली, टिप्स
काठमाण्डौँ, मंसिर २३ के तपाईले अझैसम्म आफ्नो साँचो प्रेम वा पार्टनर पाउनु भएको छैन ? तपाईं अझै आफ्नो प्रेम जोडीको खोजीमा हुनुहुन्छ ? यदि हो भने तपाईंको खोजी सकियो । ज्योतिषशास्त्र अनुसार सच्चा प्रेमको खोजीमा रहेका ब्यक्तिले आफ्नो जोडी भेटिरहेका छैनन् भने केवल केही उपाय अपनाउँदा उनीहरुले खोजी अनुसारको प्रेमी पाउनेछन् । ज्योतिष विज्ञानमा साँचो प्रेम पाउन केही सजिला उपायहरु सुझाइएको छ । ज्योतिषशास्त्र अनुसार शुक्र ग्रहलाई प्रेम, रोमान्स र कामवासनाको कारक मानिन्छ । यदि कुण्डलीमा यो ग्रह मजबूत स्थितिमा रहेमा व्यक्तिको प्रेम जीवन सुखद् रहन्छ । तर यदि कुण्डलीमा शुक्र ग्रह कमजोर रहेमा प्रेम जीवनमा समस्या आउने गर्दछ । यस अलावा कुण्डलीको पाचौं भाव प्रेम र रोमान्सको विषय मानिन्छ । यदि कुण्डलीम यो भाव कमजोर रहेमा समेत ब्यक्तिले साँचो प्रेम पाउन सक्दैनन् । यस्तोमा साँचो प्रेम पाउने केही उप...
दाँतमा आउने समस्याको घरमै उपचार, हेर्नुहोस यस्ता छन् उपाय

दाँतमा आउने समस्याको घरमै उपचार, हेर्नुहोस यस्ता छन् उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २३ दाँतले खाना चपाउने मात्र होइन अनुहारको सुन्दरता सहित ब्यक्तित्वमा समेत महत्व राख्दछ । दाँत सडे, खाल्डो परे घरेलु विधि अपनाएर यस समस्याबाट मुक्त हुन सकिन्छ । १. दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङ प्रभावकारी मानिन्छ । यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन । यसकालागी एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी दाँतमा लगाएमा दाँतलाई आराम दिलाउँछ । २. नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्दछ । साथै कुनैसंक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ । यसकालागी एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ ।३. एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ । लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबा...
इटालीमा श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान

इटालीमा श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाज
काठमाडौ, मंसिर २३ श्रीमतीसँग झगडा परेपछि इटालीका एक पुरूष ४ सय ५० किलोमिटर हिँडेका छन्।श्रीमतीसँग झगडा परेपछि एक हप्ताअघि रिसाएर घरबाट निस्किएका ती पुरूषले ४ सय ५० किलोमिटर हिँडेको बिबिसीले जनाएको छ। सो खबर बाहिरिएपछि इटालियनहरूले उनलाई ‘फोरेस्ट गम्प’को उपनाम समेत दिएका छन्। सन् १९९४ को सिनेमा फरेस्ट गम्पमा हलिउडका कलाकार टम ह्याङ्क्स हजारौं किलोमिटर हिँडेका थिए। इटालीको कोमोबाट हिँडेको एक हप्तापछि उनलाई एड्रियाटिक कोस्टको फानोमा बिहान २ बजे प्रहरीले रोकेको थियोउनलाई कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएका कर्फ्युको उल्लंघन गरेको भन्दै प्रहरीले रोकेको हो। ४८ वर्षीय ती पुरूषलाई प्रहरीले ४ सय ८५ डलर जरिवाना समेत तिराएको छ। प्रहरीले सुरूमा उनी ४ सय ५० किलोमिटर हिँडेको कुरा विश्वास गरेका थिएनन्। तर एक हप्ताअघि आफ्ना श्रीमान हराएको भन्दै उनकी श्रीमतीले कोमोमा उजुरी दिएकी थिइ...
सात दशकपछि भेटियो दोश्रो विश्वयुद्धमा सेनाले लेखेको प्रेमपत्र

सात दशकपछि भेटियो दोश्रो विश्वयुद्धमा सेनाले लेखेको प्रेमपत्र

अचम्मका कुरा, अन्तरवार्ता, जिवनसैली, समाज
काठमाडौ,मंसिर २३ वर्षौंपछि, त्यस्तो प्रेम पत्र भेटिएको छ, जुन दोस्रो विश्व युद्धमा एक फ्रान्सेली सिपाही मिमिले आफ्नी प्रेमिका एम्मीका लागि लेखेका थिए । यो प्रेम पत्र सात दशकपछि बल्ल भेटिएको हो । पत्रमा आफ्नाहरुसँग अलग्गिएर बस्नु परेको पीडाको वर्णन गरिएको छ । यो पत्र दोस्रो विश्वयुद्धमा खटिएका ५० लाख युवा सैनिकहरुले पठाएका मध्येका एक हो । यद्यपी यो पत्र उनकी प्रेमिका सम्म कहिले पुग्नै सकेन । अहिले सात दशकपछि यी सैनिकका नातीले आफ्नो हजुरबुबाले आफ्नी हजुरआमालाई पठाएको प्रेम पत्र सावर्जनिक गर्दैछन् ।...
मोरङमा शिक्षकको गोली हानी हत्या

मोरङमा शिक्षकको गोली हानी हत्या

अपराध, जिवनसैली, समाचार, समाज
  काठमाडौ,मंसिर २३ मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले  मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको हत्या भएको जानकारी दिए । उनले घटनाबारे थप विवरण आउन बाँकी रहेको भन्दै प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको उनले बताए ।  श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ । प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो  । लगत्तै उनको खोजी कार्यमा प्रहरी परिचालन भएकोमा  शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।...
सर्लाहीमाआगलागीबाट १२ लाखको क्षति

सर्लाहीमाआगलागीबाट १२ लाखको क्षति

आर्थिक, जिवनसैली
काठमाडौ,मंसिर २३ सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।  ...
यसो गर्दा बढ्छ स्मरणशक्ति

यसो गर्दा बढ्छ स्मरणशक्ति

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २२ सम्झनाशक्ति सबै मानिसमा समान हुँदैन। तर, केहीमा रोगका कारण पनि ह्रास आइरहेको पाइएको छ। स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ। स्मरणशक्ति बढाउने केही उपाय— नियमित रूपमा याेगाभ्यास, व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउँछ। निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । दिमागलाई सधैँ चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ । बदाम, ओखर, हरियो सागपात, ग्रीन टी आदिको नियमित सेवनले स्मरणशक्ति बढ्छ। दिमागलाई कसरत हुने खेल–बाघचाल, चेस, लुडो आदि खेल्दा दिमाग तेजिलो बनाउन सहयोग पुग्छ। दैनिक नयाँ कुराको खोजी गर्नुस् । जसले दिमागलाई सधैँ सक्रिय राख्छ  र स्मरणशक्ति क्षीण हुनबाट बचाउँछ। सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने वस्तुसँग जोड्ने गर्नाले पन...
बेहुलो बन्दा यस्ता देखिए रमेश प्रसाईं

बेहुलो बन्दा यस्ता देखिए रमेश प्रसाईं

जिवनसैली, समाज
काठमाडौ,मंसिर २२ चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिएका छन् ।उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गरेका हुन् । उनीहरुले धरानबाट विहे गरेका हुन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् । उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् । उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ ...