Wednesday, April 24
Shadow

उच्च रक्तचाप र युरिक एसिड घटाउन के गर्ने ? हेर्नुहोस यस्ता छन् उपायहरु


  • -इ
  • इ+

काठमाडौ, मंसिर २४
उच्चरक्तचाप र युरिक एसिडको समस्या हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । खानपान जीवनशैलीले समेत असर गर्ने यस्ता समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमै परिवर्तन गर्नु लाभदायी हुन्छ ।

उच्चरक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरु :

१. नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।
२. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि ।
३. मोटोपना घटाउने ।
४. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
५. गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने ।
६. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।
७. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।
८. नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।

यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु :

१. रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि ।
२. मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि ।
३. प्रशस्त मात्रामा पानी पिउने ।
४. दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने ।
५. योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम आदि ।
६. दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने ।
७. जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट आदि ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares