Saturday, April 20
Shadow

मधुमेहका रोगीले खानै नहुने ८ खानेकुरा हरु, यसबाट बच्न के गर्ने ?


  • -इ
  • इ+

काठमाडौ, मंसिर २६
दिनभरमा मधुमेहका रोगीले १६ सयदेखि १७ सय क्यालोरी लिनुपर्छ । मधुमेह नियन्त्रणका लागि सन्तुलित आहार हुनुपर्छ । साथै सहि समयमा खानपान गर्नुपर्छ ।
यसका साथै आफ्नो दिनचर्यामा व्यायाम र योग पनि सामेल गरियो भने मधुमेह नियन्त्रण हुन्छ ।

गुलियो

मधुमेहको रोगीले गुलियो खानेकुराको सेवन गर्नु हुँदैन । कतिले गुलियो रुचाउँदैनन्, यद्यपी उनीहरुलाई मधुमेह भएको हुन्छ । त्यसैले गुलियो खानु नै मधुमेह हुने कारण मान्न सकिदैन । तर, यसले मधुमेहलाई बढाव दिन्छ ।

यी फलफूल

फलमा केरा, स्याउ, आप, लिची, अंगुर सेवन गर्नु राम्रो होइन । यसका साथै फलको रस पिउनुभन्दा फल नै सेवन गर्नु ठीक हुन्छ ।

अधिक कार्बोहाइड्रेट र बोसोयुक्त

अधिक कार्बोहाइड्रेट र वोसोयुक्त आहारले सुगर बढाउने संभावना अधिक हुन्छ । त्यसैले डाइटमा यस्ता खाद्य पदार्थ कम खानुपर्छ, जसमा कार्बोहाइड्रेट वा बोसोको मात्रा बढी हुन्छ ।जस्तै: आलु चामल ।

जंकफूड

मधुमेहमा जंगफूड, केक, आइसक्रिम पनि  खासै उपयोगी मानिदैन ।

मैदाजन्य

नुडल्स, नान र मैदाले बनेको रोटी सेवन गर्नुहुदैन।

कोल्ड ड्रिंक

कोल्ड ड्रिंक, सर्बत, चिनीयुक्त पेयबाट टाढै रहनुपर्छ ।

तेल र घिउ

खानामा नरिवलको तेल वा घिउको सेवन गर्नुहुदैन ।

आलु र पिंडालु

आलु, पिंडालु सेवन गर्नुहुदैन ।

मधुमेह बाट बच्ने उपायहरु

– सधै समयमा खाना खाने गर्नुपर्छ। एकसाथ धेरै खानेकुरा होइन, पटक पटक थोरै थोरै खानेकुरा सेवन गर्ने गर्नुपर्छ ।

– मिठाई खान मन भए चिनी नभएको मिठाई सेवन गर्नुपर्छ । त्यो पनि धेरै होइन ।

– मधुमेह रोगीले लामो समय भोको बस्नु हुँदैन । उपवास बस्नु उपयुक्त हुँदैन ।

– भोजन गर्नुअघि थोरै सलाद खानुपर्छ । खानेकुरा विस्तारै चपाएर खानुपर्छ ।

– मदिरा, वियर जस्ता नसालु पदार्थबाट टाढै रहनुपर्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares