Saturday, April 20
Shadow

खेलकुद

राष्ट्रिय महिला लिगः दोस्रो चरणमा त्रिभुवन आर्मीको शानदार जित

राष्ट्रिय महिला लिगः दोस्रो चरणमा त्रिभुवन आर्मीको शानदार जित

खेलकुद
काठमाडौं , माघ २४ । रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा शानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा आर्मीले मोफसलको टोली चौदण्डीगढी नगरपालिमाथि ९–० को फराकिलो जित निकाल्दै दोस्रो चरणको खेलमा सुखद सुरुआत गरेको हो । जारी लिगमा चौदण्डीगढीमाथि आर्मीको यो लगातार दोस्रो जित हो । यसअघि बुधबार भएको पहिलो चरणको खेलमा कमजोर टोलीको रुपमा रहेको चौदण्डीगढीमाथि १२–० को फराकिलो जित हात पारेको थियो । लिगमा ७ खेल खेलेको आर्मी १६ अंकका साथ दोस्रो स्थानमा छ । जुन एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको एपिएफ भन्दा मात्र २ अंक कम हो । ६ खेलमा १० बटुलेको विराटनगर नगरपालिका तेस्रो स्थानमा छ । ८ अंक जोडेको नेपाल पुलिस क्लब चौथो, समान ८ अंक जोडेको वालिङ नगरपालिका पाँचौ, ३ अंक जोडेको चन्दपुर नगरपालिका...
राष्ट्रिय महिला लिगः आजदेखि दोस्रो चरणका खेल सुरू हुँदै

राष्ट्रिय महिला लिगः आजदेखि दोस्रो चरणका खेल सुरू हुँदै

खेलकुद
काठमाडौँ, माघ २४ । राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल हुनेछ । शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् । दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ । आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ । जारी महिला लिगको पहिलो चरणसम्म साविक विजेता एपीएफ अपराजित रहेको छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौथो स्थानमा रहेको छ । वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ र ३ अंक जोडेको चन्द्रपुर छैटौ स्थानमा रह...
आइपिएलको अक्सनका लागि नेपाली ८ खेलाडी भए सुचिकृत

आइपिएलको अक्सनका लागि नेपाली ८ खेलाडी भए सुचिकृत

खेलकुद
काठमाडौँ, माघ २३ । इण्डियन प्रिमियर लिग(आइपिएल)को फेब्रुअरी १८ मा भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा ८ नेपाली खेलाडी सुचिकृत भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइपिएल अक्सनका लागि ८ नेपाली खेलाडी सुचिकृत भएको जानकारी दिएको छ । आइपिएल अक्सनका लागि सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी सुचिकृत भएका छन् । आइपिएल अक्सनका लागि कुल १०९७ खेलाडी सुचिकृत भएको आइपिएल गभर्निंग काउन्सिलले जानकारी दिएको छ । जसमा ८१४ भारतीय खेलाडी रहेका छन् बहने २८३ विदेशी खेलाडी रहेका छन् । विदेशबाट अक्सनमा सुचिकृत हुने खेलाडीहरुमा वेस्टइन्डिजबाट ५६, अस्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, अफगानिस्तानबाट ३०, न्यूजील्याण्डबाट २१ खेलाडी रजिस्टर भएका छन् । नेपालबाट अहिलेसम्म सन्दीप लामिछाने मात्र आइपिएल खेलेका छ...
राष्ट्रिय महिला फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक

राष्ट्रिय महिला फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक

खेलकुद, मुख्य समाचार
काठमाडौँ ,माघ २३ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । उक्त खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने छ । लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । एपीएफले ६ खेलमा अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमा १३ अङ्क रहेको छ । यस्तै विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका–८ अङ्कका साथ पाँचौँ, चन्द्रपुर नगरपालिकाको टोली तीन अङ्कसहित छैटौँ तथा चौदण्डीगढी नगरपालिकाको टोली अङ्क विहीन रहँदै लिगको पुछारमा छ । लिगको पहिलो चरणका खेल बुधबार सम्पन्न भएका थिए ।...
क्रिकेट सङ्घलाई काठमाडौं महानगरले ५० लाख सहयोग गर्ने

क्रिकेट सङ्घलाई काठमाडौं महानगरले ५० लाख सहयोग गर्ने

आर्थिक, खेलकुद
काठमाडौं , माघ २१ । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही रु १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र सी डिभिजनलाई रु चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन लगानी गरिएको कामपाको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए । यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर सङ्घलाई सहयोग गरेको उनको भनाइ छ । नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्...
राष्ट्रिय महिला फुटबलः आज वालिङ र चन्द्रपुर भिड्दै

राष्ट्रिय महिला फुटबलः आज वालिङ र चन्द्रपुर भिड्दै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ २० । राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ । वालिङ र चन्द्रपुर दुबै टोली दोस्रो जितको खोजीमा छन् । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । उसको पाँच खेलमा पाँच अंक छ । ५ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि आजको खेल जित्दै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।...
एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित

एपीएफकी सावित्रा एक्लैको दर्जन गोल, चौदण्डीगढी २२–० ले पराजित

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौं, माघ १९ राष्ट्रिय महिला फुटबल लिगमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदण्डीगढीविरुद्ध गोलको वर्षा गरेको छ। पहिलो हाफमै १२ गोल गरेको एपीएफले दोस्रो हाफमा अरु १० गोल थप्दै शानदार जित हात पारेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफका खेलाडी हावी भए। एपीएफकी सावित्रा भण्डारी साम्बा एक्लैले एक दर्जन गोल गरिन्। खेल सुरु भएको पाँचौँ मिनेटमै खाता खोलेकी उनले ३२, ३३, ३४, ३७, ४७, ५५, ६२, ६४, ७२, ७९ र खेल सकिनुअघि समेत गरी १२ गोल गरेकी हुन्। त्यस्तै अनु लामाले ११, १४, २०, २६ र ६६औँ मिनेटमा गोल गरिन् भने अनिता बस्नेतले ८, ५० र ६७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यसबाहेक एपीएफकै सरु लिम्बुले १८औँ मिनेटमा र रेनुका नगरकोटेले ३१औँ मिनेटमा गोल गरे। जारी लिगमा सावित्राले २४ गोल गरिसकेकी छिन्। उनी लिगमा सर्वाधिक गोलकर्तामा अगाडि छिन्। आजको खेलमा च...
दोस्रो वार्षिकोत्सबको अवसरमा गहतराज सञ्जाल कप आयोजना

दोस्रो वार्षिकोत्सबको अवसरमा गहतराज सञ्जाल कप आयोजना

खेलकुद, सुचना प्रविधि
  काठमाडौं – गहतराज सञ्जालको राजधानी समन्वयन समितिले नेपालमा पहिलो पटक ‘गहतराज सञ्जाल कप’ आयोजना गर्ने भएको छ । गहतराज सञ्जालको दोस्रो बार्षिक उत्सवको अवसमार राजधानी समन्वयन समितिले 'स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद' भन्ने नारा सहित प्रथम गहतराज सञ्जाल कप’ आयोजना गर्न लागेको हो । सञ्जालले आगामी चैत १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुमा उक्त मेला गर्र्ने छ । गहतराज सञ्जाल कप अन्तरगत अन्तर बिश्वकर्मा व्याडमिन्टन प्रतियोगिता गरिने बताइएको छ । उक्त खेल आगामि चैत १२ गतेदेखि मनमैजु स्थित फोर जी हलमा सुरु गरिने आयोजकको भनाइ छ । व्याडमिन्टन खेल पुरुष डबल, पुरुष सिङगल, मिक्स डबल हुने आयोजकले जनाएको छ । पुरुष डबल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल ट्रफि र प्रमापत्र प्राप्त गर्ने छन् । यस विधा तर्फ...
एपिएफलाई हराउँदै आर्मीले उचाल्यो पिएम कपको उपाधि

एपिएफलाई हराउँदै आर्मीले उचाल्यो पिएम कपको उपाधि

खेलकुद, मुख्य समाचार
काठमाडौं, १७ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपल्ट त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आज भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि हात पारेको हो । पीएम कपका चारै संस्करणको फाइनलमा पुगे पनि आर्मीले उपाधि उचाल्न सकेको थिएन । पहिलो संस्करणमा वर्षा बाधक बनेपछि आर्मी र पुलिसले उपाधि बाँडेका थिए । अर्को विभागीय टोली त्रिभुवन आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।...
आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि

आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि

खेलकुद, समाचार
काठमाडौँ, माघ १७ सहारा क्लब पोखराले हरेक वर्ष सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि २८ सम्म पोखरा रंगशालामा हुने भएको छ । आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जनाकारी गराएको हो । प्रतियोगितामा विदेशी टिम, ‘ए’ डिभिजन क्लबहरु, मोफसलका क्लब र आयोजक सहारा क्लब गरी १२ टिमलाई सहभागी गराउने प्रयास गरेको तर अहिलेको अवस्थामा टिम संख्या र विदेशी खेलाडीको आगमनका बारेमा तत्काल भन्न सक्ने अवस्था नहरेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रतियोगिताको टिकट शुल्क र पुरस्कार रकम पनि सार्वजनिक गरिएको छैन । ‘हामी अहिले असहज परिस्थितिमा छौँ, त्यसैले तत्कालै केही प्रतिवद्धता गर्न मिल्दैन । पछि अवस्था हेरेर टिकट शुल्क र पुरस्कार रकम सार्वजनिक गरिन्छ’, थापाले भने । गत वर्षको विजेता मनाङ मर्स्याङ्दी क्लबले १० लाख १ हजार र उपविजेता नेपाल पुलिस...