Friday, March 29
Shadow

खेलकुद

प्रधानमन्त्री कपः उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

प्रधानमन्त्री कपः उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ १७ । चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् । बिहीबार कीर्तिपुर खेल मैदानमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको आर्मी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सत प्रतिशत नतिजासहित फाइनल पुगेको एपीएफ आर्मीविरूद्ध समूह चरणको नतिजा उल्ट्याउने प्रयत्नमा हुनेछ । उसले समूह चरणमा आर्मीलाई ६ रनले पराजित गरेको थियो ।...
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ ९ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेलमा उपाधि दाबेदार ठानिएको बागमती प्रदेशले प्रदेश-२ को सामना गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।प्रदेश-२ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश-२ भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा प्रदेश-२ लुम्बिनीसँग पराजित भएको थियो ।यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश-१ भने पहिलो जितको खोजीमा छ ।...
प्रधानमन्त्री कप क्रिकेट:   पुलिस क्लब र एपिएफ क्लब विजयी

प्रधानमन्त्री कप क्रिकेट: पुलिस क्लब र एपिएफ क्लब विजयी

खेलकुद, मुख्य समाचार
काठमाडौं , माघ ८ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आआफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३१० रन बनायो । तीन सय ११ रनको विजय लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ५० ओभरमा सात विकेट गुमाउँदै २३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि सुनील धमलाले १०४ रनको शतकीय पारी खेल्नुभयो । उहाँले १४४ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ६१ बलमा छ छक्का र एक चौकाको मद्दतमा ८५ रनको योगदान दिए । अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २९ तथा पवन शर्राफले १३ बलमा ५० रन बनाउनुभयो । शर्राफले छ छक्का तथा एक चौका प्रहार गरे । ब...
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै, को-को भिड्ने भए ?

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै, को-को भिड्ने भए ?

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ ८ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। आज एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनी र नेपाल पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा हुनेछ भने एपीएफ क्लब र गण्डकी प्रदेशको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । दुबै खेल बिहान ९ बजे सुरू हुनेछ । लुम्बिनी र पुलिस दुवै टोली आज दोस्रो जितको खोजीमा छन् । लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिस क्लबले एकमा जित र एकमा हार ब्यहोरेको छ ।...
दिल्ली क्यापिटल्सद्वारा सन्दीपसहित ६ खेलाडी रिलिज, को को परे ?

दिल्ली क्यापिटल्सद्वारा सन्दीपसहित ६ खेलाडी रिलिज, को को परे ?

खेलकुद, मुख्य समाचार
काठमाडौँ , माघ ७ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिलिज गरेको छ । आइपिएलले दिएको आजको डेडलाइनमा दिल्लीले १९ खेलाडीलाई रिटेन गर्दै ६ खेलाडीलाई रिलिज गरेको छ ।रिलिज हुनेमा सन्दीपसहित मोहित शर्मा, कीमो पाउल, एलेक्स केरी, जासन रोय र तुषार देशपाण्डे रहेका छन् । सन्दीपले दिल्ली क्यापिटल्समा तीन सिजन खेलेका छन् । २०२० मा युएईमा भएको आइपिएलमा सन्दीपले दिल्लीबाट कुनै खेल खेल्न पाएनन् बहने यस अघि दुई सिजनमा दिल्लीका लागि ९ खेल खेलेका थिए । २०१८ मा ३ र २०१९ मा ६ खेल खेलेका सन्दीपले कुल १३ विकेट लिएका छन् । त्यस्तै दिल्लीले शिखर धवन, कागीसो रबाड़ा, पृथ्वी शा, अजिख्य रहाने, ऋषव पन्त, श्रेयस अय्यर, एन्रीच नोर्त्जे, मार्कोस स्टोइनिस, शिमरोन हेटमेयर, अक्सर पटेल, अमित मिश्रा, इशान्त शर्मा, आर आश्विन, ललित यादव, हर्षल पटेल, क्र...
पीएम कप : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाट बाहिरियो

पीएम कप : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाट बाहिरियो

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, माघ ७ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी कल्बले प्रदेश १ लाई ४ विकेटले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश १ लाई ४ विकेटले हराएपछि प्रदेश १ समूह ‘ए’ र प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । अर्का युवा ब्याट्सम्यान भिम सार्की ६१ बलमा १ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए । राजेश पुलामी २७ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । राजेशले जितको लागि तीन रन चाहिँएको अवस्थामा ज्ञानेन्द्र श्रेष्ठलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । योसँगै आर्मी सेमिफाइनलको नजिक पुगेको छ ।...
महिला लिग आजबाट सुरु हुँदै , पहिलो खेलमा आर्मी र पुलिस भिड्ने

महिला लिग आजबाट सुरु हुँदै , पहिलो खेलमा आर्मी र पुलिस भिड्ने

खेलकुद, मुख्य समाचार
काठमाडौं , माघ ७ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन । पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निशुल्क प्रवेशको सुविधा दिएको छ । उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ । यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन । प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८ लाख , तेस्रोले ५ लाख , तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर...
प्रधानमन्त्री कपमा कर्णालीले हात पार्‍यो पहिलो जित

प्रधानमन्त्री कपमा कर्णालीले हात पार्‍यो पहिलो जित

खेलकुद, ब्यानर समाचार 2
काठमाडौं , माघ ६ । कर्णाली प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलवार गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित हात पारेको हो । जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।...
बिल्बाओले जित्यो स्पेनिस सुपर कप फुटबलको उपाधि

बिल्बाओले जित्यो स्पेनिस सुपर कप फुटबलको उपाधि

खेलकुद
काठमाडौँ, माघ ५ । एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।...
पीएम कप क्रिकेटको तयारी पूरा, पहिलो खेलमा आर्मी र गण्डकी भिड्ने

पीएम कप क्रिकेटको तयारी पूरा, पहिलो खेलमा आर्मी र गण्डकी भिड्ने

खेलकुद, मुख्य समाचार
काठमाडौं, माघ १ । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन । विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुँदै छ । भोलि (शुक्रबार) बाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने-सामने हुनेछन् । प्रतियोगिताको आयोजक क्रिकेट संघले सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीए...