Friday, April 26
Shadow

राष्ट्रिय महिला फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक


  • -इ
  • इ+

काठमाडौँ ,माघ २३ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

खेल तालिकाअनुसार शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । उक्त खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने छ ।

लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । एपीएफले ६ खेलमा अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमा १३ अङ्क रहेको छ ।

यस्तै विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका–८ अङ्कका साथ पाँचौँ, चन्द्रपुर नगरपालिकाको टोली तीन अङ्कसहित छैटौँ तथा चौदण्डीगढी नगरपालिकाको टोली अङ्क विहीन रहँदै लिगको पुछारमा छ ।

लिगको पहिलो चरणका खेल बुधबार सम्पन्न भएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares