Saturday, April 20
Shadow

राष्ट्रिय महिला लिगः दोस्रो चरणमा त्रिभुवन आर्मीको शानदार जित


  • -इ
  • इ+

काठमाडौं , माघ २४ । रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा शानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा आर्मीले मोफसलको टोली चौदण्डीगढी नगरपालिमाथि ९–० को फराकिलो जित निकाल्दै दोस्रो चरणको खेलमा सुखद सुरुआत गरेको हो ।

जारी लिगमा चौदण्डीगढीमाथि आर्मीको यो लगातार दोस्रो जित हो । यसअघि बुधबार भएको पहिलो चरणको खेलमा कमजोर टोलीको रुपमा रहेको चौदण्डीगढीमाथि १२–० को फराकिलो जित हात पारेको थियो ।

लिगमा ७ खेल खेलेको आर्मी १६ अंकका साथ दोस्रो स्थानमा छ । जुन एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको एपिएफ भन्दा मात्र २ अंक कम हो । ६ खेलमा १० बटुलेको विराटनगर नगरपालिका तेस्रो स्थानमा छ । ८ अंक जोडेको नेपाल पुलिस क्लब चौथो, समान ८ अंक जोडेको वालिङ नगरपालिका पाँचौ, ३ अंक जोडेको चन्दपुर नगरपालिका छैटौ र ७ खेलको समाप्तीमा समेत अंक खाता खोल्न नसकेको चौदण्डीगढी नगरपालिका सातौ स्थानमा छ ।

यससँगै चौदण्डगढीले जारी लिगमा लगातार सातौ हार बेहोरेको छ ।
लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्दपुर नगरपालिका तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकबीच प्रतिस्पर्धा हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares