Saturday, April 20
Shadow

राष्ट्रिय महिला फुटबल लिगमा एपीएफ विजयी, सावित्राले गरिन् दोहोरो ह्याट्रिक


  • -इ
  • इ+

काठमाडौँ,माघ २८ । काठमाडौँमा जारी राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली एपीएफको अपराजित यात्रालाई जारी राखेको छ ।

बुधबार एपीएफले चन्द्रपुर नगरपालिकालाई ८-० गोल अन्तरले पराजित गर्दै लगातार आठौँ जित हासिल गरेको हो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफका लागि स्ट्राइकर सावित्रा भण्डारीले ६ गोल गरिन् भने कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।

जितसँगै एपीएफले ८ खेलमा २४ अंक बनाएको छ । त्यसैगरी चन्द्रपुरको ८ खेलमा ६ अंक रहेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा छ ।

लिग अन्तर्गत बिहीबार चौदण्डीगढी र वालिङबीच तथा आर्मी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares