Saturday, April 20
Shadow

राष्ट्रिय महिला लिग फुटबलमा आ दुई खेल हुँदै


  • -इ
  • इ+

काठमाडौं , फागुन १ । राष्ट्रिय महिला लिग फुटबलमा शनिबार दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गरेको थियो ।

जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अंक बराबरी गरेको हो । १४ अंक जोडेको पुलिस गोल अन्तरको आधारमा चौंथो स्थानमा छ । चन्द्रपुर ६ अंकसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अंक छ, भने आर्मी २२ अंकसहित दोस्रो स्थानमा छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares