Saturday, April 27
Shadow

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै


  • -इ
  • इ+

काठमाडौं, माघ २९ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा मैदान सातदोवाटोमा हुने पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्नेछ ।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकाको सामना गर्नेछ । जारी लिगमा सशष्त्र प्रहरीको एपिएफ क्लब अहिलेसम्म शत प्रतिशत जितको साथ तालिकाको शिर्ष स्थानमा रहेको छ ।

८ खेलबाट उसको २४ अंक भएको छ । हिजो भएको खेलमा एपिएफले रौतहटको चन्दपुर नगरपालिकालाई ८/० ले पराजित ग¥यो ।

८ खेलबाट १९ अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाको ८ खेलबाट समान ११ अंक छ ।

१० अंकको विराटनगर महानगरपालिका पाँचौें, ६ अंकको चन्द्रपुर नगरपालिका छैटौं तथा अंकविहीन चौदण्डीगढी नगरपालिका पुछारमा छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares