Thursday, April 25
Shadow

आइपिएलको अक्सन आज, सन्दीपको सम्भावना कस्तो छ ?


  • -इ
  • इ+

काठमाडौँ , फागुन ६ । आगामी सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी अक्सन आज हुदै छ । भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचिकृत भएका छन् । आज सबै नेपाली क्रिकेटप्रेमीको नजर सन्दीपको अक्सनमा हुने देखिन्छ ।

आइपिएल अक्सनका लागि यस अघिको प्रारम्भिक चरणमा सन्दीप लामिछानेसहित , विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी गरि ८ नेपाली खेलाडी सुचिकृत भएका थिए, तर अन्तिम सुचीमा भने नेपालबाट सन्दीप मात्र परेका छन् ।

कुल २९२ खेलाडीको अक्सनबाट बढीमा ६१ खेलाडी विभिन्न फ्रेन्चाईजीले किन्ने छन् । जसमा १६४ भारतीय खेलाडी रहेका छन् भने १२५ विदेशी खेलाडी रहेका छन् । त्यस्तै ३ खेलाडी एसोसियट्स देशका रहेका छन् ।

अक्सनका लागि छानिएका २९२ खेलाडीमा १० खेलाडीको न्युनतम मुल्य २ करोड रहेको छ भने १२ खेलाडीको डेढ करोड भारतीय रुपैया रहेको छ । त्यस्तै ११ खेलाडीको एक करोड, १५ खेलाडीको ७५ लाख र ६५ खेलाडीको ५० लाख न्युनतम मुल्य तोकिएको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको भने न्युनतम मुल्य ४० लाख भारु तोकिएको छ ।

सन्दीपलाई यस अक्सनमा कुन फ्रेन्चाइजीले किन्छ वा किन्दैन भन्ने विषय अहिलेसम्म अन्योल नै रहेको छ । फ्रेन्चाइजीको विदेशी खेलाडीको कोटा, त्यसपछि टिमको कम्बिनेसन, त्यसमा पनि फ्रेन्चाइजीले भारतीय स्पिनरलाई दिने प्राथमिकता आदि कुराले सन्दीपको सम्भावना कम देखिएको छ ।

तर अहिले प्रमुख रुपमा दुई आइपिएल फ्रेन्चाइजले सन्दीपलाई लिन सक्ने सम्भावना देखिन्छ । यसमा पहिलो टिम किंग्स इलेभेन पञ्जाब हो । पञ्जाबले अफगानिस्तानका मुजीबउर रहमानलाई रिलिज गरेको छ भने अहिले टिममा विदेशी स्पिनर नै छैनन् । पञ्जाबमा भारतीय स्पिनर रवि विस्नोई रहेका छन्, जसले गत सिजनमा प्रभावशाली प्रदर्शन गरेका थिए । त्यस्तै पञ्जाबमा ५ विदेशी खेलाडीको कोटा खाली रहेको छ ।

त्यस्तै अर्को टिम मुम्बई इण्डियन्स हो । मुम्बई इण्डियन्समा राहुल चहर एक मात्र स्पेसलिष्ट स्पिनर रहेका छन् । मुम्बईले राहुलको ब्याकअपको रुपमा एक स्पिनर लिने चर्चा भइरहेको छ । मुम्बईको ४ विदेश खेलाडीको कोटा खाली रहेकोले सन्दीपलाई लिनसक्ने सम्भावना देखिन्छ । तर मुम्बईका पूर्व खेलाडी हरभजन सिंह अहिले अक्सनमा रहेकाले मुम्बईले हरभजनलाई लिने चर्चा पनि उत्तिकै छ ।

कुन फ्रेन्चाईजीले कति खेल्दै किन्दै छन् ?

फेब्रुअरी १८ मा हुने अक्सनका लागि भने टिमहरुले अतिरिक्त पैसा खर्च गर्न नपाउने भएका छन् । टिमले आफ्ना खेलाडी रिलिज गरेर बचाएको पैसामा नै नयाँ खेलाडी किन्नु पर्ने भएको छ ।

आइपिएलका हरेक टिमले बढीमा ८ विदेशीसहित २५ खेलाडीको टिम बनाउनु पर्ने नियम रहेको छ ।

यसरी हेर्दा किंग्स इलेभेन पञ्जाबसँग ५३ करोड २० लाख रकम बाँकी रहेको छ भने विदेशी ५ सहित ९ खेलाडीको स्थान खाली रहेको छ ।त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरको ३५ लारोद ९० लाख बाँकी रहेको छ भने ४ विदेशीसहित १३ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै राजस्थान रोयल्सको ३४ करोड ८५ लाख रकम बाँकी छ भने ३ विदेशी सहित ८ खेलाडीको स्थान खाली रहेको छ ।त्यसैगरी चेन्नई सुपरकिंग्सको २२ करोड ९० लाख रकम बाँकी छ भने एक विदेशीसहित ७ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै मुम्बई इण्डियन्सको १५ करोड ३५ लाख रकम बाँकी छ भने ४ विदेशीसहित ७ खेलाडीको स्थान खाली रहेको छ ।त्यसैगरी दिल्ली क्यापिटल्सको १२ करोड ९० लाख रकम बाँकी छ भने २ विदेशीसहित ६ खेलाडीको स्थान खाली रहेको छ ।

त्यस्तै कोलकोता नाइटराइडर्सको १० करोड ७५ लाख रकम बाँकी छ भने २ विदेशीसहित ८ खेलाडीको स्थान खाली रहेको छ ।त्यस्तै सनराइजर्स हैदरावादको १० करोड ७५ लाख रकम बाँकी छ भने एक विदेशीसहित ३ खेलाडीको स्थान खाली रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares