Thursday, March 28
Shadow

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै


  • -इ
  • इ+

काठमाडौँ, फागुन ५ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आजै हुने दोस्रो खेलमा उपाधि दाबेदार एपीएफ र विराटनगर महानगरपालिका खेल्दैछन् ।आर्मी र पुलिसबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ ।

आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ ।

उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ । एपीएफले आज अपराह्न ३ बजे विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares