Thursday, April 25
Shadow

इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटीको लिभरपुलमाथि फराकिलो जित


  • -इ
  • इ+

काठमाडौँ , माघ २६ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिभरपुलमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा इके गुनडोगनले दुई गोल गरे भने रहीम स्टरलिङ र फिल फोडेनले एक एक गोल गरे । गुनडोगनले दुई गोल गर्ने अघि खेलको ३७औ मिनेटमा पेनाल्टी मिस गरेका थिए ।

त्यस्तै लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीले लिगमा आफ्नो अग्रता बढाएको छ । शिर्ष स्थानमा रहेको सिटीको २२ खेलमा ५० अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले अगाडी रहेको छ । युनाइटेडको २३ खेलमा ४५ अंक रहेको छ ।

त्यस्तै लिभरपुल यो हारपछि २३ खेलमा ४० अंक सहित चौथो स्थानमा रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares