Friday, May 3
Shadow

खेलकुद

युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश

युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश

खेलकुद
काठमाडौं , पुस ९ । म्यानचेस्टर युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्‍वार्टरफाइनलको खेलमा युनाइटेडले एभर्टनलाई २-० ले पराजित गरेको हो । योसँगै युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । युनाइटेडको जितमा इडिन्सन काभानी र एन्थोनी मार्टियलले एक-एक गोल गरे । खेलको ८८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । एन्थोनी मार्टियलले इन्ज्युरी समयमा गोल गर्दै युनाइटेडलाई जित दिलाए । मार्कुस रासफोर्डले उपलब्ध गराएको पासमा मार्टियलले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरेका थिए । जितसँगै अब युनाइटेडले सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । खेल जनवरी ५ मा हुनेछ ।  ...
प्रधानमन्त्री कप क्रिकेटका लागि प्रदेश १ बाट १९ महिला खेलाडी छानिए

प्रधानमन्त्री कप क्रिकेटका लागि प्रदेश १ बाट १९ महिला खेलाडी छानिए

खेलकुद, समाचार
कठमाण्डौं ८ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश १ ले पहिलो चरणमा १९ जना खेलाडी छनोट गरेको छ। आगामी पुस ११ देखि दाङको लमहीमा हुने प्रतियोगिताका लागि झापा, मोरङ र इलाममा रहेका महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा गराएर पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको हो। झापाको काँकडभिट्टास्थित तुर्केनी खेल मैदानमा छनोट खेल गरिएको थियो। जसमा प्रत्येक टिमले २–२ वटा खेल खेलेका थिए। सोही क्रममा १९ जना छनोटमा परेको प्रादेशिक क्रिकेट संघ प्रदेश १ का सचिव तथा प्रशिक्षक मनोज कटुवालको भनाइ छ। छनोटमा परेका १९ जनामध्ये सबैभन्दा बढी झापा बाट १२ जना रहेका छन्। यस्तै, मोरङका ४ र इलामका ३ जना रहेका छन्। झापाबाट छनोट हुनेमा राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षत्री, काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता बेगम, सबनम राई, ज्योति दनुवार, ङिमा शेर्पा, निशा साह, लकिता र...
ला लिगाः बार्सिलोनाको सहज जीत, पेलेलाई पछि पार्दै मेस्सीले बनाए किर्तिमानी

ला लिगाः बार्सिलोनाको सहज जीत, पेलेलाई पछि पार्दै मेस्सीले बनाए किर्तिमानी

खेलकुद
काठमाडौं, पुस ८ । लियोनल मेस्सीले बार्सिलोनाबाट ६४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् । योसँगै ला लिगा फुटबलमा बार्सलोनाले भालाडोलिडमाथि सहज जित निकालेको छ। जोस जोरिल्ला मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को जित निकालेको हो। बार्सिलोनाको जितमा क्लिमेन्ट लेग्लेन्ट, मार्टिन ब्रेथवेट र मेस्सीले १र१ गोलको योगदान दिए । यो सँगै उनमा महान ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानलाई पछि पारेका छन्। उनले बार्सिलोनाका लागि ६४४ औं गोल गर्दै एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। अघिल्लो खेलमै उनले पेलेसँगको कीर्तिमानलाई बराबरी बनाएका थिए। पेलेले ब्राजिलियन क्लब सान्टोसबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए।जितसँगै १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना अंकतालिकाको पाँचौं स्थानमा छ। त्यस्तै १४ अंक जोडेको भालाडोलिड १८ औं स्थानमा छ।  ...
प्रिमियर लिग:  वेस्टह्‍याममाथि चेल्सीको सहज जीत

प्रिमियर लिग: वेस्टह्‍याममाथि चेल्सीको सहज जीत

खेलकुद
काठमाडौं, पुस ७ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा चेल्सीले सहज जीत हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेस्टह्‍याम युनाइटेडलाई ३-० ले हराएको हो । चेल्सीको जीतमा टामी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएका थिए । खेलको १०औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । चेल्सीका डिफेन्डर बेन चिलवेल १०औं मिनेटमा नै चोट बोक्दै मैदानबाट बाहिरिएपछि उनको स्थानमा एमरसन प्रवेश गरेका थिए । गोल फर्काउन प्रयासरत वेस्टह्‍यामले केही अवसरहरु पाएपनि कुनैमा चेल्सीका गोलरक्षक र डिफेन्डर बाधक बनेका थिए भने केही प्रहारले पोस्टको दिशा लिन सकेन । दोस्रो हाफको ७८औं र ८०औं मिनेटमा टामी अब्राहमले दुई गोल गरेपछि चेल्सी ३-० ले अघि बढ्यो । वेस्टह्‍याम खेलमा फर्कन नसक्दा अन्तिम नतिजा त्यही हुन पुग्य...
बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन

बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन

खेलकुद, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष ४ बालाजु १६ वसन्तनगरमा मोनास्ष्ट्री फुटसल संचालन आएको छ । शनिवार एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो । उक्त फुटसल युवा दिपेन्द्र कुमार क्षेत्रीले संचालनमा ल्याएका हुन् । पछिल्लो समय खेलाडि तथा युवाहरुको रोजाईमा पर्न थालेको छ फुटसल । सोहि कुरालाई मध्येनजर गर्दै फुटसल संचालनमा ल्याएको संचालक क्षेत्रीले बताए । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले पछिल्लो समय युवाहरु अन्य आय मुलक व्यवसाय गरिरहदाँ फुटसल संचालनमा ल्याउनु राम्रो कार्य भएको उनले बताए । साथै कार्यक्रमका विशेष अतिथिहरु काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, फुटबल प्रशिक्षक राजु शाक्य, अतिथिहरु अधिवक्ता ईन्द्र अर्याल, जापान सितेरियो करातेका अध्यक्ष माधव राज थापाले युवा वर्गको लागि सकारात्मक कार्य भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।...
गौतम बुद्ध कपको उपाधि राप्तीलाई

गौतम बुद्ध कपको उपाधि राप्तीलाई

खेलकुद, ब्यानर समाचार 2, मनोरञ्जन
काठमाण्डौँ, मंसिर ३० चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट मैदानको नमुना खेल मैदानमा सम्पन्न गौतम बुद्ध कपको उपाधि राप्तीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा राप्तीले नारायणीलाई ९ रनले पराजित गरेको हो । राप्तीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा नारायणीले २० ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रनमात्र बनायो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४८ रनको योगदान दिए । १८.३ ओभरमा अभिनाश बोहराको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका उनले ३१ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । रित गौतम र इशान पण्डेले समान २७–२७ रनको योगदान दिए । राप्तीका लागि अभिनाश बोहराले ३, भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समान १–१ विकेट हात पारे । २ विकेट रन आउटको रुपमा प्राप्त भयो । टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३...
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

खेलकुद, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर २७ नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको ह...
क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण

क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण

खेलकुद, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २६ क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण देखिएको छ। यससँगै उनले चितवनमा भोलिदेखि हुन गइरहेको गौतम बुद्ध कपमा खेल्न नपाउने भएका छन्। उनले केहीअघि मात्र आफ्नो फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन्। हलुका लक्षणसँगै हिजो बिहानबाट स्वाद र गन्ध दुवै नहुँदा उनी आफैले घरमै सुरक्षित रूपमा दुई दिनयता आइसोलेसनमा बसेको पनि उनले जनाएका छन्। उनलाई आज बिहान कोभिड-१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिँदा रिपोर्ट पोजिटिभ आएको उनले लेखेका छन्। यससँगै उनले गौतम बुद्ध कपका लागि सबैलाई शुभकामना पनि दिएका छन्।...
सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि हुँदै

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि हुँदै

खेलकुद, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २६ रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना आएका छन् । नगरपालिकाको मुर्गियामा आज आयोजना भएको पत्रकार भेटघाटमा सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर थापाले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीले नामसमेत दर्ता गरिसकेको जानकारी दिए । क्लबले रु एक करोड ३१ लाखका लागतमा मुर्गियामा निर्माण गरेको कभर्ड हलमा हुने राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ६० समूहको सहभागिता रहने ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिए । चार हजार ३१० स्क्वायर फिटमा फैलिएको कभर्ड हलमा दुई कोर्ट निर्माण गरिएको छ...
रंगशाला निर्माणको सहयोगका लागि ‘स्टार’ क्रिकेट प्रतियोगिता  हुदै

रंगशाला निर्माणको सहयोगका लागि ‘स्टार’ क्रिकेट प्रतियोगिता हुदै

खेलकुद, ब्यानर समाचार 2
  काठमाडौ, मंसिर २४ चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ‘स्टार क्रिकेट २०२१’ प्रतियोगिता आयोजना हुने भएको छ ।  धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य आयोजना हुन लागेको च्यारिटी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र चर्चित कलाकारको सहभागिता जनाउने छन् । ‘निर्माणका लागि खेलौँ’ भन्ने नाराका साथ माघको अन्तिम साता राष्ट्रिय क्रिकेट खेलाडी पूर्वकप्तान पारस खड्कालगायतका खेलाडीले सहभागिता जनाउनेछन् । त्यस्तै प्रमोद खरेल, सन्दीप क्षेत्रीलगायतका स्टार कलाकारले पनि सहभागिता जनाउनेछन् ।  खेलाडी र कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो । खेल आउँदो माघ २४ गते आयोजना गरिने बताइएको छ । खेलको आयोजनाको जिम्मेवारी गृष्मा ब्रोडकास्टिङले लिएको छ ।...