Tuesday, April 23
Shadow

क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २६
क्रिकेटर पारस खड्कालाई कोरोना सङ्क्रमण देखिएको छ। यससँगै उनले चितवनमा भोलिदेखि हुन गइरहेको गौतम बुद्ध कपमा खेल्न नपाउने भएका छन्।

उनले केहीअघि मात्र आफ्नो फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन्। हलुका लक्षणसँगै हिजो बिहानबाट स्वाद र गन्ध दुवै नहुँदा उनी आफैले घरमै सुरक्षित रूपमा दुई दिनयता आइसोलेसनमा बसेको पनि उनले जनाएका छन्।

उनलाई आज बिहान कोभिड-१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिँदा रिपोर्ट पोजिटिभ आएको उनले लेखेका छन्। यससँगै उनले गौतम बुद्ध कपका लागि सबैलाई शुभकामना पनि दिएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares